गढवामा चार सामाजिक संस्थाको एकै थलोमा समिक्षा



गढवामा चार सामाजिक संस्थाको एकै थलोमा समिक्षा

शिबराज पन्थी, गढवा २० माघ ।

कार्यक्रम सुरु हुने बेला नत कार्यक्रमका सभापतिको उपस्थिति रहेको थियो न प्रमुख अतिथीको नै उपस्थिति थियो । कार्यक्रममा बोलाइएका सबै अतिथी र सहभागिहरुको उपस्थिति भने बाक्लो रहेको थियो ।

सहभागीहरु सबैले कार्यक्रम सुरु गर्न जिकीर गरेपछि अर्जुनखोला आइपुगेका भएका नेपाल रेडक्रस दाङका सभापतिले कार्यक्रम सुरु गर्न आदेश दिएपछि चारवटा संस्थाहरुले गरेका गतिविधिहरुको समिक्षा एकै थलोमा नयाँ ढंगले सुरुवात गरियो । सायद गढवामा यसरी कार्यक्रम सुरु गरिएको यो पहिलो अभ्यास हो ।

नेपाल रेडक्रस सोसाइटी दाङ द्धारा संचालीत इन्कोर परियोजना, आम्दा नेपाल मातृशिसु स्वास्थ्य परियोजना,देउखुरी सामुदायिक पुस्तकालयको नेपालमा अपांगता समाबेशी विपद् जोखिम न्यूनिकरण प्रबर्धन परियोजना र मुक्त कम्लरी बिकास मञ्च दाङको वालविवाह न्यूनिकरण कार्यक्रमको एकै थलोमा सहभागी बोलाई मंगलबार देउखुरीको गढवामा समिक्षा तथा भए गरेका कार्यक्रमको प्रस्तुति गरिएको हो ।

देउखुरीको गढवा र राजपुर गाउँपालिकाका १५ वटा वडाहरुमा नेपाल रेडक्रसको इन्कोर परियोजनाले बिपद् प्रतिकार्य, राहात वितरण, जिवीकोपार्जन र खानेपानी स्वच्छताका गतिविधिहरु संचालन गर्न थालेको चार बर्ष पुगेको कार्यक्रम अधिकृत जगत तामाङले कार्यक्रममा जानकारी दिए ।

मुक्तकम्लरी बिकास मञ्च दाङले गढवा गाउँपालिका क्षेत्रमा वालविवाह न्यूनीकरण र बिभिन्न सचेतना मुलक कार्यक्रम तथा आयआर्जनका कार्यक्रमहरु संचालन गरेको कार्यक्रम संयोजक ज्ञानु थापाले जानकारी दिए । यसै गरी देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले गढवा क्षेत्रमा अपांगता भएका नागरिकहरुको हक हितका लागि गरेका बिभिन्न कार्यक्रम र पुस्तकालयको तल्लो तल्लालाई अपांगमैत्री भौतिक पुर्वाधार निर्माणका बारेमा ब्यवस्थापक मिना भट्टराईद्धारा जानकारी गराइएको थियो ।

यसै गरी आम्दा माइन्स जापानको सहयोगमा आम्दा नेपालले गढवा गाउँपालिकाका सबै वडाहरुमा मातृशिसु स्वास्थ्यका क्षेत्रमा बिभिन्न सचेतनामुलक गतिविधिहरु संचालन गरेको,वडा नं.१ को कालाकाटे र वडा नं. २ को चिमचिमेमा सामुदायिक स्वास्थ्य इकाई भवन र गढवा ८ को मुसीनाका तथा कोइलाबासमा गाउँघर क्निीक भवन निर्माण गरेको आम्दा नेपालका कार्यक्रम अधिकृत केशबराज ओझाले जानकारी दिए।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले चार वटै संस्थाहरुले गढवा गाउँपालिका क्षेत्रमा गाउँपालिका संग समन्वय र सहकार्य गर्दै निकै सकारात्मक कार्यहरु गरेको भन्दै धन्यबाद ज्ञापन गरेका थिए । सामुदायिक पुस्तकालयका कोषाध्यक्ष ओभा पाठकको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पुस्तकालयका अध्यक्ष गिरिराज भट्टले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे