गढवामा ३३ थान अवैध सालको काठ सहित टेक्टर चालक पक्राउ



गढवामा ३३ थान अवैध सालको काठ सहित टेक्टर चालक पक्राउ

गढवा २० माघ । दाङमा प्रहरीले अबैध सालको काठसहित टेक्टर र चालकलाई पक्राउ गरेको छ ।अबैध सालको ३३ थान घप्पु अर्थात् (३१दशमल२) क्युफिट काठ र टेक्टर चालक गढवा गाँउपालिका ६ रामपुर निवासी १८ वर्षीय ईमराहिम पठानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सोमबार राति ९ बजेतिर गढवा गाउँपालिका ५ कक्रहवा स्थित कोईलाबास देखि गढवा तर्फ आउँदै गरेको रा १ त १३९५ नम्बरको टेक्टरलाई इप्रका गढवा दाङबाट गएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा उक्त टेक्टरमा अबैध काठ फेला परेको थियो ।

पक्राउ परेकामाथि अहिले अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक राज कुमार भट्टले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे