LISTEN LIVE RADIO

राप्ती गाउँपालिकाको ८ नम्बर वडामा खेलकुल प्रतियोगिता सम्पन्न



राप्ती गाउँपालिकाको ८ नम्बर वडामा खेलकुल प्रतियोगिता सम्पन्न

ओमप्रकाश गुप्ता, सिसहनियाँ २० माघ ।

राप्ती गाउँपालिका वडा नम्बर ८ मा खेलकुल प्रतियोगीता सम्पन्न भएकोे छ । वडा कार्यालयको आयोजनामा बार्षिक कार्यक्रम अन्तरगत भलिबल, हाईजम्प, लङजम्प र हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको हो ।

वडा अध्यक्ष गोकर्णबहादुर राना मगरको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको खेल समापन भएको हो । प्रतियोगिता अन्तर्गत भलिवल पुरुष तर्फ पुपुल्स वान पिपरी प्रथम, बिजौरी युवा क्लव द्धितिय र बड्का गल्ली पिपरी तृतिय भएका छन् । साथै महिला भलिवल तर्फ सृजना युवा क्लव पिपरा प्रथम, शंकर मावि द्धितिय र शंकर युवा क्लव तृतिय भएका छन् ।

वडाका गाउँ स्तरिय खेलकुद प्रतियोगितामा महिला हाईजम्पमा आकृति चौधरी प्रथम, करिना चौधरी द्धितिय, कृष्णा चौधरीले तृतिय स्थान प्राप्त गरेका छन् । पुरुष लङजम्पमा रोशन चौधरी प्रथम, नारद चौधरी द्धितिय र असिम चौधरीले तृतिय स्थान प्राप्त गरेका छन् । लङजम्प महिलातर्फ अस्मीता चौधरी प्रथम, इन्दु चौधरी द्धितिय र करिना चौधरीले तृतिय स्थान प्राप्त गरेका छन् ।

प्रतियोगीतामा भलिवल तर्फ उत्कृष्ट खेलाडी असिम चौधरी र महिला भलिवल तर्फ इन्दु चौधरी छनौट भएका छन् । विद्यालय स्तरिय हाजिरीजवाफ तर्फ गोल्डेन फ्युचर बोडिङ स्कुल बी प्रथम, शंकर मावि द्धितिय र गोल्डेन फ्युचर बोडिङ स्कुल ए तृतीय भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे