कोइलाबास नाका खुलेपछि जनजीवन सहज बन्दै



कोइलाबास नाका खुलेपछि जनजीवन सहज बन्दै

देउखुरी १८ माघ । नेपाल सरकारले गत चैत्र एघार गते देखि नेपालमा लकडाउनको घोषण गरि नेपाल भारत सिमाक्षेत्र प्रवेशद्धारमा आवतजावतमा रोक लगाएको थियो । करिब दश महिना पछि गृह मन्त्रालयले मन्त्रिपरिषद् बैठकले कोइलाबास नाका खुला गर्ने निर्णय गरेको हो ।

लामो समयसम्म नाका बन्द हुँदा अनजीवन कष्टकर बन्दै गएको र नेपाल सरकारले कोइलाबास नाका खुला गर्ने निर्णय सङ्गै जनजीवनमा सहज हुने कोइलाबासबासीको भनाई छ । कोरोनाका कारण लगातार आठ महिना लामो समयसम्म बन्द रहेको भारतसँग जोडिएका कोइलाबास नाका तत्काल खुला गरी व्यवस्थित र सहज बनाउन स्थानियहरुले माग गर्दै आइरहेका थिए ।

स्थानिय पालिकाले कोइलाबास नाकामा तुरुन्तै हेल्थडेस्क स्थापना गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय दाङले बताएको छ । सिमाक्षेत्रमा जोकोही पनि चेकजाँचको क्रममा रिपोर्ट नेगेटिभ आए प्रवेश गर्न दिने अन्यथा रिपोर्ट पोजेटिभ आएमा प्रवेशमा रोक लगाइने समेत प्रशासनले जारी गरेको सुचनामा उल्लेख छ ।

यस्तै गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवले जिल्ला प्रशासन कार्यालय दाङबाट कोइलाबास नाकामा स्वास्थ्य चेकजाँचको लागी हेल्थडेस्क स्थापना गर्ने परिपत्र आए तत्कालै स्थापना गरि स्वास्थ्यकर्मी खटाउने बताए ।

गएको बिहिवार मात्र गृह मन्त्रालयले मन्त्रिपरिषद् निर्णयका आधारमा जिल्ला प्रशासन कार्यालय दाङलाई कोइलाबास नाका खुलाउन सर्कुलर पठाएको हो । यसअघि १४ नाका खोलिएकामा माघ ११ को मन्त्रिपरिषद्ले थप १६ नाका खुलाउने निर्णय लिएको हो ।

भारततर्फका धेरै नाका बन्द हुँदा सीमाका नेपालीले घरायसी सामान खरिद गर्न, इष्त मित्र भेटघाट र खेतीपातीका लागि समेत सजिलै आवतजावत गर्न पाएका थिएनन् ।

खोलिएका नाकाबाट नेपालीले भारतीय बजार पुगी तोकिएको मापदण्डभित्र रहेर घरायसी सामान खरिद गर्न पाउने भएका छन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे