चन्द समूहका विद्यार्थी नेतासहित ५ कार्यकर्ता पक्राउ



चन्द समूहका विद्यार्थी नेतासहित ५ कार्यकर्ता पक्राउ

रुकुम पश्चिम, माघ १८। प्रतिबन्धित नेत्र विक्रम चन्द समूहका विद्यार्थी नेता सहित ५ जना पक्राउ परेका छन् । चन्द समूहका अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेमप्रशान्त बोहोरासहित ५ जनालाई प्रहरीले आइतबार मुसीकोट नगरपालिका–१ रावलवाराबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा त्रिवेणी–९ का १६ वर्षीय नविन ओली, मुसीकोट नगरपालिका–१ का १९ वर्षीय सागर बुढा, १७ वर्षीय अभिषेक बुढामगर र सोही ठाउँका २७ वर्षीय किरण रसाईली रहेको प्रहरीले जनाएको छ ।उनीहरुमाथि प्रहरीले बम राखेको आशंका गरेको छ ।

त्रिवेणी गाउँपालिका–६ बिसौनी भन्ने ठाउँमा राप्ती लोकमार्ग बिच सडकमा माघ १० गते प्रेसर कुकर बम भेटिएको थियो । सोही बम राखेको आशंकामा खोजतलास गर्न खटिएको प्रहरी टोलीले उनीहरुलाई रावलबारामा बैठक बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिनुभयो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको इन्सपेक्टर शाहीले बताउनुभयो । इकान्तिपुरबाट ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे