संसद भंग भएपनि पुनस्थापना भएका इतिहास छन् : राजमाे अध्यक्ष चित्रबहादुर केसी



संसद भंग भएपनि पुनस्थापना भएका इतिहास छन् : राजमाे अध्यक्ष चित्रबहादुर केसी

लमही २२ पुस । राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्र बहादुर केसीले जनता नेकपाको आन्तरिक लडाईको चपेटामा परेको आरोप लगाएका छन् । राष्ट्रिय जनमोर्चा लमही नगर कमिटिले बुधवार लमहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष केसीले यस्तो बताएका हुन ।

सत्ता, स्वार्थ र शक्तिको लडाईका कारण देश गम्भीर अवस्थामा पुगेको भन्दै अब जनता जाग्नु पर्ने बेला आएको केसीले बताए । जनताले दिएको म्यान्डेड पुरा नगर्दै सीमित स्वार्थको लागि संसद विघटन गर्नु दुखद भएको उनले बताए । सत्ता र शक्तिमा पुगेका नेताहरुले जनताको पीडा बुझ्न सकेनन, उनीहरुले पार्टीलाई भर्ती केन्द्र जस्तै बनाएर शासन गरे’, उनले भने‘ लोकतन्त्र, गणतन्त्रलाई जोगाएर राख्नका लागि नेकपाको सरकारलाई जनमोर्चाले समर्थन गरेको हो ।’

उनले अप्रजातान्त्रिक, असंबैधानिक तरिकाले संसद बिघटन गर्नलाई आफूले समर्थन नगरेको भन्दै संसद बिघटन भएको दिन देखि नै जनमोर्चाले समर्थन फिर्ता लिएको बताए । संसद बिघटनको असर अब बिस्तारै प्रदेशमा समेत पर्न गएको भन्दै आफ्नो स्वार्थका लागि देशै बर्वाद बनाउन कसैलाई पनि छुट नभएको उनको भनाई छ । २०४८ सालमा पनि संसद बिघटन पछि पुनस्थापना भएको इतिहास भएको भन्दै केपी ओली सरकारले बिघटन गरेको संसद तुरुन्तै पुनस्थापना गर्नु पर्ने उनको भनाई छ ।

राष्ट्रिय जनमोर्चा दाङ्गले बिहिवार दाङ्गको घोराहीमा संसद बिघटन गरेको विरुद्घमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्न केन्द्रिय अध्यक्ष केसी दाङ आएका हुन् । राष्ट्रिय जनमोर्चा लमही नगर कमिटिका उपाध्यक्ष ताराप्रसाद खनालको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष चित्र बहादुर केसीको प्रमुख आतिथ्यतामा भएको पत्रकार भेटघाट कार्यक्रममा अखिल छैठौंका केन्द्रिय सदस्य बसन्त आचार्यको स्वागत र नगर सचिव लेखराज आचार्यले सहर्जीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे