तुलसीपुर उपमहानगरपालिका र स्पेनबीच भगिनी सम्बन्ध कायम गर्न मन्त्रीपरिषदको सिफारिस



तुलसीपुर उपमहानगरपालिका र स्पेनबीच भगिनी सम्बन्ध कायम गर्न मन्त्रीपरिषदको सिफारिस

तुलसीपुर १९ पुस । तुलसीपुर उपमहानगरपालिका र स्पेनबीच भगिनी सम्बन्ध कायम गर्न लुम्बिनी प्रदेश सरकारले सिफारिस गरेको छ । लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद्को गत सोमबार बसेको बैठकले बिलबाओ नगरपरिषद्, भेक्टोरिया प्रान्त स्पेनबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

स्थानीय सरकारले सिधै सम्बन्ध कायम गर्न नपाउने कानुनी व्यवस्था भएपछि बाओ सिटीसंग सम्बन्ध स्थापित गर्नका लागि भन्दै २०७७ बैशाख १९ गते बसेको ८६ औ कार्यपालिका बैठकले प्रदेश र संघीय सरकारलाई अनुमतिका लागि प्रस्ताव गर्ने निर्णय गरेको उपमहानगरपालिकाका सूचना अधिकारी वावुराम न्यौपानेले जानकारी दिए ।

प्रस्तावमा तुलसीपुर उपमहानगरपालिकाको सवाङ्गीण विकास गर्न, अन्तराष्ट्रिय क्षेत्रमा सहसम्बन्ध स्थपित गर्न, बन्धुत्वको भावनामा अभिवृद्धि गर्न , वित्तिय सहयोग प्राप्त गर्न र अनुभव आदान प्रदान गर्ने उल्लेख छ ।

यता तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले सम्बन्ध स्थापित भएमा तुलसीपुरको विकासमा क्रान्ति आउने बताए । ‘तुलसीपुर र यूरोपकाबीच सिधा सम्पर्क हुन्छ । यसले तुलसीपुर उपमहानगरपालिकालाई अन्तराष्ट्रिय स्तरमा चिनाउने काम पनि गर्छ । स्पेन खेलकुद क्षेत्रमा परिचीत नाम पनि हो,’ प्रमुख पाण्डेले भने–‘ यहाँको खेलकुद, शिक्षा, स्वास्वास्थ्यको विकासमा मुल फुट्छ ।’

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे