मोटरसाइकलबाट बाघले झम्टेर लगेकी महिलाको शव ५ सय मिटर टाढा भेटियो



मोटरसाइकलबाट बाघले झम्टेर लगेकी महिलाको शव ५ सय मिटर टाढा भेटियो

बर्दिया १८ पुस । बर्दियामा पाटे बाघको आक्रमणमा परी बेपत्ता भएकी महिलाको शव फेला परेको छ । बर्दिया राष्ट्रिय निकुञ्जभित्र गएराति गुडिरहेको मोटरसाइकलबाट पाटे बाघले झम्टेर लगेको महिलाको शव आक्रमण गरेको ठाउँदेखि झण्डै ५ सय मिटर पर कुवाँभारको गुम्ना पुल नजिकै क्षतविक्षत रुपमा फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिए ।

गए राती पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्टदेखि ६ किलोमिटर पश्चिम कुँवाभार नजिकबाट सु. प. प. ०१ ०० ८ प ६८ ०१ नम्बरको मोटरसाइकलमा सवार कैलाली लम्किचुहा नगरपालिका वडा नम्बर ४ की ५० वर्षीया नन्दकली थापालाई पाटे बाघले झम्टेर लगेको थियो ।

बाघले आक्रमण गरेको खबर पाए लगत्तै निकुञ्जको टोली र नेपाली सेनाले हात्तीको सहायताबाट बेपत्ता भएकी महिलाको खोजी गरिरहेको थियो । मोटरसाइकलमा कैलाली लम्किचुहा नगरपालिका ४ का सन्तोष थापा र आमा नन्दकली सवार थिए । गए राति करिब साढे ८ बजेतिर ५० वर्षकी नन्दकला थपालाई पाटे बाघले मोटसाइकलबाटै झम्टेर लगेको थियो ।

महिलामाथि आक्रमण गर्ने बाघलाई क्यामरा ट्यापिङ प्रविधिको सहयोगमा पहिचान गरि नियन्त्रणमा लिने प्रयास थालिने निकुञ्ज प्रशानले जनाएको छ । महिलाको शवलाई पोष्ट मार्टमको लागि जिल्ला अस्पताल गुलरिया लगिएको निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे