विपद् प्रतिकार्यमा गढवालाई प्राथमिकता, पाँच लाख बढीको सामाग्री हस्तान्तरण



विपद् प्रतिकार्यमा गढवालाई प्राथमिकता, पाँच लाख बढीको सामाग्री हस्तान्तरण

शिबराज पन्थी, गढवा १० पुस ।

नवजागरण महिला तथा वाल संरक्षण केन्द्र तुलसीपुरले कोभिड–१९ बाढी पूर्वतयारी बिपद् प्रतिकार्यका कार्यक्रमहरु देउखुरीको गढवा गाउँपालिकालाई प्राथमिकतामा राखेर संचालन गरेको पाइएको छ । केन्द्रले आइतवार गढवा गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी खोज, उद्दार, प्राथमिक उपचार, राहात ब्यवस्थापन तथा बिपद् प्रतिकार्य र बाढी पूर्व सुचना प्रणाली स्थापनाका लागि ५ लाख २५ हजार बराबरका सामाग्री गाउँपालिकालाइ हस्तान्तरण गरेको केन्द्रका कार्यक्रम अधिकृत उमेश खरेलले जानकारी दिए ।

उक्त संस्थाले गढवा गाउँपालिकालाई पुर्व सुचना प्रणाली ब्यवस्थापन गर्न १ लाख २५ हजार बराबरका १ थान एलईडी डिस्प्ले र १ थान ल्यापटप गाउँपालिकालाई प्रदान गरेको छ । हस्तान्तरण गरिएका अन्य सामाग्रीहरुमा लाइफ ज्याकेट ३० थान, हेलमेट २० थान, रेस्किऊ ट्युब ५ थान, छालाका ग्लोबस ३० जोडी, फायर स्टिङ्गुसर ४ थान र प्राथमिक उपचारका ३० थान किट बक्स प्रदान गरेको संस्थाका सल्लाहकार तथा तुलसीपुर उपमहानगरपालिका बिपद् ब्यवस्थापन संयोजक नबराज लामिछानेले जानकारी दिए ।

यसैगरी राहात ब्यवस्थापन तथा प्रतिकार्यकालागि ४०÷४० थान त्रिपाल तथा कम्बल, ५० थान प्लाष्टिक गुन्द्री, ५० थान बाल्टीन, २५ थान मग, १० किलो डोरी र १ रोल पिफम हस्तान्तरण गरेको छ । संस्थाले युनिसेफ नेपालको साझेदारीमा बिपद्को उच्च जोखिममा रहेको देउखुरीको गढवा गाउँपालिकाका प्राथमिकतामा राखेर सबैजसो वडाहरुलाई समेटेर सन् २०२० को अगस्त देखि २०२१ को जनवरी सम्म कोभिड–१९ तथा बाढी पुर्वसुचना प्रणाली र बिपद् प्रतिकार्यका धेरै कार्यक्रमहरु संचालन गरेको गढवा गाउँपालिकाले जनाएको छ ।

गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा सामाग्री हस्तान्तरण कार्यक्रम राखिएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष यादवले बिपद्को बेला जनशक्ति परिचालन गर्न यस संस्थाले प्रदान गरेका सामाग्री अत्यन्तै उपयोगी हुने बताउँदै उद्देश्य अनुरुप सामाग्रीको सदुपयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा उपाध्यक्ष शान्ती चौधरी, प्रमुख प्रशासकिय अधिकृत लालबहादुर योगी, तुलसीपुर उपमहानगरपालिकाका बिपद् ब्यवस्थापन संयोजक तथा वडा नं. ६ का अध्यक्ष नवराज लामिछाने, रेडक्रस दाङका सन्तोष ढकाल, उपशाखा गढवाका सभापति दिपककुमार यादव लगायतले गढवालाई प्राथमिकतामा राखेर बिपद् प्रतिकार्यका गतिविधि संचालन गरेको भन्दै न्यूसिपिसी संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए ।

खानेपानी स्वच्छताका लागि केन्द्रको चाँसो

यसैबीच नवजागरण महिला तथा वाल संरक्षण केन्द्रको अगुवाइमा आइतवार बसेको खानेपानी स्वच्छता तथा सरसफाई कार्यदलको बैठकले गढवा गाउँपालिका क्षेत्रमा खानेपानीको गुणस्तर चेकजाँच गर्न, मुहान देखि मुख सम्म उपभोक्ताहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउन तथा कोभिड–१९ लगायत सबैखाले महामारीबाट सावधानी हुन अनुरोध गर्ने निर्णय गरेको छ ।

गढवा गाउँपालिकाको बिपद् ब्यवस्थापन शाखाबाट नेतृत्व रहनेगरि खानेपानी तथा सरसफाई स्वच्छता कार्यदल गठन गरी गाउँपालिकाभरका संघसंस्था र स्वयंसेवक संग समन्वय सहकार्य गरि गतिविधि परिचालन गर्न र सबै उपभोक्ताहरुलाई सुद्ध खानेपानीको सहज ब्यवस्थापनमा ध्यान दिन अनुरोध गर्ने निर्णय गरेको संस्थाद्धारा गठित कार्यदलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे