बसको छतबाट सामान झार्ने क्रममा करेन्ट लाग्दा दाङका एक युवकको मृत्यु



बसको छतबाट सामान झार्ने क्रममा करेन्ट लाग्दा दाङका एक युवकको मृत्यु

दाङ १० पुस । बसको छतबाट सामान झार्ने क्रममा करेन्ट लाग्दा दाङका एक युवाको मृत्यु भएको छ । प्रहरीका अनुसार गाडीका सहचालक दाङको दंगीदरण गाउँपालिका वडा नं. ३ निवासी २१ बर्षीय राजेश डाँगीको मृत्यु भएको हो ।

सल्यान छत्रेश्वरी गाउँपालिका वडा नं. ५ लेखपोखरा, वाघवजार नजिकैँ बसको छतवाट सामान झार्ने क्रममा थ्रीफेज लाईनबाट करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

तुलसीपुरबाट सल्यानको छत्रेश्वरी २ दहखोलाका लागि छुटेको ना ८ ख २९६२ नम्बरको बसको छतबाट सामान निकाल्ने क्रममा आज अपरान्ह ४ वजेतिर करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे