देउखुरीको राजपुरमा शिक्षिकामाथि दुव्र्यवहार गरेको भन्दै प्रधानध्यापक पक्राउ



देउखुरीको राजपुरमा शिक्षिकामाथि दुव्र्यवहार गरेको भन्दै प्रधानध्यापक पक्राउ

राजपुर ८ पुस । देउखुरीकाे राजपुर गाउँपालिका –७ स्थित मावि सिक्टामा अध्यापनरत ३६ वर्षिया शिक्षिका विशाल खत्रीलाई कक्षाकोठामै दुव्र्यवहार गरेको आरोपमा विद्यालयका प्रधानध्यापक विष्णु खत्रीलाई इलाका प्रहरी गढवाले पक्राउ गरेको छ ।

बालविकास कक्षामा पठनपाठन गराइरहेको बेला पुस ५ गते प्रधानध्यापक खत्रीले विद्यालयको नियमविपरित कपालमा रातो मेहन्दी लगाएको भन्दै रजिष्टर खोसेर कक्षा कोठाबाट लछारपछार गर्दै निकालेको आरोप लगाउदै पीडितले इलाका प्रहरी कार्यालय गढवामा उजुरी दिएपछि प्रहरीले खत्रीलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

प्रहरीको हिरासतमा रहेका खत्रीलाई म्याद थप गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिए ।  प्रधानध्यापक पक्राउ भए पनि विद्यालयको पठनपाठन भने रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे