दुई बर्ष पहिलेको बाल जनता माविका प्रधानध्यापक माथि आर्थिक अनिमित्ताको बिबाद सुल्झियो  



दुई बर्ष पहिलेको बाल जनता माविका प्रधानध्यापक माथि आर्थिक अनिमित्ताको बिबाद सुल्झियो  

श्रवण बस्नेत, लमही ९ मंसिर ।

गत दुई बर्ष पहिलेदेखि बाल जनता आधारभुत बिधालयमा प्रधानध्यापक माथि लगाइएको आर्थिक अनिमिक्ताको बिबाद अहिले आएर सुल्झिएको छ । समितिले प्रधानध्यापक माधब अधिकारी माथि १ लाख १७ हजार रुपैयाँ आर्थिक अनिमिताा गरेको आरोप सहित अख्तियार अनुसंधान कार्यालय कोहलपुरमा मुद्दा दायर गरेको थियो ।

छानबिन समितिले १६ हजार रुपैयाँ मात्रै आर्थिक अनिमिता गरेको देखाएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कमल धिमिरेले जानकारी दिनु भयो । घिमिरेको नेतृत्वमा गठित छानबिन समितिले यस्तो रकम देखाएको हो । तत्कालै अधिकारी माथि आर्थिक अनिमिता गरेको भन्दै समितिले पदबाट हटाएर अर्का प्रधानध्यापक रोबरबहादुर केसीलाई लाई नियुक्ति गरेको थियो ।

तत्कालीन समितिका अध्यक्ष एकराज डाँगीको कार्यकाल देखि देखिदै आएको बिबाद बल्ल सुल्झिएको हो । छानबिन समितिले किटानी सहित सबै बिबरण खुलाएर अख्तियारमा पठाएको छ । यद्यपी उनले अझैसम्म कुनै जानकारी नदिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे