कीर्ते मुद्दामा दोषी ठहर भएका लुम्बिनी प्रदेशका सांसद केसी कारागार चलान



कीर्ते मुद्दामा दोषी ठहर भएका लुम्बिनी प्रदेशका सांसद केसी कारागार चलान

दाङ  २३ भदाै । कांग्रेसका´फरार सांसद` धनबहादुर केसी उर्फ डीबी कारागार चलान भएका छन् । सम्बन्ध बिच्छेदको नक्कली कागज बनाएपछि उनकै श्रीमती राधा केसीको जाहेरीमा (वादी नेपाल सरकार) सुनुवाइ गर्दै अदालतले केसीलाई दोषी ठहर गरेको थियो ।

२०४८ साल असार ९ गते अदालतले एक वर्ष जेल र दुई हजार जरिवानाको फैसला सुनाए पनि केसीले हालसम्म सजाय भुक्तान गरेका थिएनन् । रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले प्रदेश सांसद केसी आफैँ अदालतमा उपस्थित भएको र अदालतले उनलाई सजाए भुक्तानका लागि आज कारागार चलान गरेको जानकारी दिए ।

कानूनतः केसी सांसदको उम्मेदवार समेत बन्नसमेत योग्य नभएको भन्दै उनको आलोचना हुँदै आएको थियो । उनी रूकुम पूर्वको प्रदेश (ख) बाट सांसद निर्वाचित भएका थिए । केसीलाई अदालतले सजाय सुनाएको विषय लुकाएर फरारकै अवस्थामा उम्मेदवार बनेर सांसद निर्वाचित भएको खुलासा सबैभन्दा पहिले नेपाल प्रेसले गरेपछि प्रहरीमाथि दबाब बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे