पाल्पामा राष्ट्रपतिलाई मुख्यमन्त्रीको न्यानो स्वागत, रथ जात्राको अवलोकन गरिदैं



पाल्पामा राष्ट्रपतिलाई मुख्यमन्त्रीको न्यानो स्वागत, रथ जात्राको अवलोकन गरिदैं

पाल्पा ११ भदाै । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रपति रामचन्द्र पौडेललाई पाल्पामा न्यानो स्वागत गर्नु भएको छ । पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा अवलोकन गर्न मंगलबार यहाँ आउनु भएका राष्ट्रपति पौडेललाई मुख्यमन्त्री आचार्यले स्वागत गर्नु भएको हाे । राष्ट्रपतीलाई जनस्तरबाट समेत भब्य स्वागत गरिएको छ । यस्तै जात्रामा सहभागी हुन आउनु भएका संस्कृति तथा पर्यटनमन्त्री बद्री पाण्डे, रक्षा मन्त्री मान वीर राइलाइ समेत स्वागत गरिएको छ ।

तानसेन स्थित ऐतिहासिक रणउजीरेश्वरी भगवती मन्दिरमा हरेक वर्ष भगवती रथ यात्राहुने गरेको छ । लुम्बिनी प्रदेश सरकारले भगवती यात्राको दिन पाल्पा जिल्लामा यस बर्ष सार्वजनिक विदा समेत दिएको छ । नेपालले अ्रग्रेजलाई युद्धमा पराजित गरी बिजय हासिल गरेको खुसीयालीमा हरेक बर्ष कृष्ण जन्माष्टमीको अर्काे दिन धुमधामका साथ बिजय उत्सव स्वरुप रणउजीरेश्वरी भगवतीको रथ जात्रा निकाल्ने प्रचलन रहदै आएको छ ।

विश्वको भु–भागलाई आफ्नो मुठ्ठीमा कब्जा गरेको ब्रिटिश सम्राज्यवाद लाई समेत नेपालले पराजित गरेको सम्झनामा पाल्पामा बिजय उत्सव स्वरुप सो जात्रा निकालिदै आएको छ । तत्कालीन समयमा नेपाली सेनाले चलाएको उक्त विजयी जात्रा हालसम्म आइपुग्दा पाल्पाको सबैभन्दा ठुलो पर्व र जात्राको रुपमा परिचित छ । कर्णेल उजीर सिंह थापाले वि.सं. १८७६ मा निर्माण गरेको रथ लाई नै हाल सम्म विजय जात्राको रुपमा संचालन गरिदै आइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे