जनताका गुनासा सरकारले प्रत्यक्ष सुनुवाई गर्छ : मुख्यमन्त्री आचार्य



जनताका गुनासा सरकारले प्रत्यक्ष सुनुवाई गर्छ : मुख्यमन्त्री आचार्य

पाल्पा ११ भदाै । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनताका गुनासाहरु प्रत्येक्ष रुपमा सरकारले सुनवाइ गर्ने बताएका छन्। नेपाल पत्रकार महासंघ पाल्पा शाखाले मंगलबार पाल्पामा आयाेजना गरेकाे सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले सेवा प्रवाहमा हुने ढिला सुस्तीबारे नागरिक तहबाट हुने गुनासाेलाई प्रदेश सरकारले सुनुवाइ गर्ने बताएका हुन ।

प्रदेश सरकारका मन्त्रालय, विभाग, निर्देशनालय तथा जिल्ला तहमा रहेका कार्यालयहरुमा अनिवार्य रुपमा गुनासाे पेटिका राख्ने र त्यसकाे प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेका हुन ।`कर्मचारीले दु:ख दिएकाे छ कि ? जनप्रतिनिधिले दु:ख दिएकाे छ कि ?याे कुरा सुझाव पेटिका मार्फत गुनासाे संकलन गर्छाैं´उनले भने-`सरकारले प्रदान गर्ने सेवालाई नागरिक मैत्रि बनाउछ । ढिलासुस्ती गर्ने, बहानाबाजी गर्ने छुट कसैलाई छैन । सरकारले नागरिककाे गुनासाे सुन्छ ।´ नयाँ सरकार गठन भएदेखि सुशासन, पारदर्शिता र जवाफदेहिताकाे क्षेत्रमा निर्मम ढंगले सरकारले काम गर्न खाेजेकाे स्पष्ट पारे ।`प्रदेश सरकार निर्मम भएर अघि बढ्न खाेजेकाे छ ।

भ्रष्टाचार न्यूनिकरणका लागि पाँच बर्षे रणनीतिक कार्ययाेजना निर्माण, उपभोक्ता समितिकाे नाममा काम लिने र ठेकेदार मार्फत काम गर्ने प्रवृत्ति निरुत्साहित गर्न पाँच लाख माथिका याेजना ठेक्का मार्फत कार्यान्वयन गर्दैछाैं´उनले भने-`यसरी प्रदेश सरकारले नागरिक तहमा बढ्दै गएकाे निरासाहरुलाइ चिर्दै आशामा बदल्न खाेजेकाे छ ।´ मुख्यमन्त्री र मन्त्रीहरुलाइ आचारसंहिताकाे बन्धनमा राखिएकाे, जसबाट मन्त्रीकाे जिल्ला भ्रमणमा हुने फजुल खर्च नियन्त्रण हुने विश्वास व्यक्त गरे ।

`मुख्यमन्त्री, मन्त्रीहरुले के गर्न हुने, के गर्न नहुने भनेर आचारसंहिताको निर्माण गरेका छाैं । आँटका साथ आचारसंहिता जारी गरेर कार्यान्वयन गरेका छाैं´उनले भने-`अनावश्यक भ्रमण गरेर प्रदेश सरकारलाई आर्थिक भार थाेपर्ने प्रवृत्ति राेक्न खाेजेका छाैं ।´ प्रदेश सरकारले रिक्त कर्मचारीकाे दरबन्दी फुलफिल गर्ने याेजना बनाएकाे सुनाए । उनले झण्डै २ हजार कर्मचारी लाेकसेवा मार्फत पदपूर्ति गर्ने प्रक्रिया सुरु भएको बताए । पाल्पा जिलकाे समग्र विकासका लागि प्रदेश सरकारले १ अर्ब ६५ कराेड बजेट पुजीगत आयाेजना लागि बिनियाेजन भएको जानकारी दिए ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले भगवती रथ यात्रालाई महत्त्व दिएकाे, सार्वजनिक विदा दिएर सम्मान गरेकाे बताए ।`प्रदेशले गाैरवकाे पर्व मानेकाे छ । मन्दिर पुनर्निर्माण गर्ने जिम्मेवारी सरकारले लिन्छ । उच्च प्राथमिकतामा राखेर काम गर्छ´उनले भने-`मन्दिरकाे पुनर्निर्माण प्रदेश सरकारकाे जिम्मेवारी र दायित्व हाे ।´

नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रिखिराम रानाकाे अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ पाल्पाका संस्थापक अध्यक्ष तथा प्रेस स्वतन्त्र सेनानी मेघराज शर्माले जनतामा बढ्दै गरेकाे निरासालाइ चिर्न जरुरी रहेकाे बताए । जनतामा आशा जगाउन, विकृतिमा बिरुद्ध सरकार कठाेर बन्नुपर्ने धारणा राखेका छन ।

लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीले राष्ट्रिय स्वाधीनताकाे विचारलाई आत्मसात गर्नुपर्ने बताए । राष्ट्रिय पर्वकाे मान्यता दिन आवश्यक रहेकाे, रणउजेरिश्वरी मन्दिरकाे लागि पुनर्निर्माणकाे लागि प्रयाप्त बजेट सुनिश्चित गर्न आवश्यक रहेकाे बताएका छन् । सामाजिक अराजकता बढ्दै गरेकाे प्रति चिन्ता व्यक्त गरे ।

प्रतिनिधिसभा सदस्य ठाकुर गैरे, नारायण आचार्य, लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा याेजना मन्त्री धनेन्द्र कार्की, स्वास्थ मन्त्री खेमबहादुर सारु मगर लगायतले सम्बाेधन गरेका थिए । कार्यक्रममा विभिन्न विधामा कलम चलाउने २१ जना पत्रकारलाई सम्मान तथा पुरस्कृत गरिएको थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे