देउखुरीको पाखापानीमा ब्रह्माकुमारीयले मनायो श्रीकृष्ण जन्मउत्सव



देउखुरीको पाखापानीमा ब्रह्माकुमारीयले मनायो श्रीकृष्ण जन्मउत्सव

भालुवाङ १० भदौ । हिन्दु धर्मालम्बीहरुले आज देशभर श्री कृष्णअष्टमी पर्व मनाएका छन् । कृष्ण भगवान जस्तै शक्ति मिलोस् भन्दै ब्रत बसेर कृष्ण भगवानको पुजाआजा गरेर कृष्ण अष्टमी मनाइरहँदा मनाइरहँदा दाङमा भने एक औपचारिक कार्यक्रम गरेर श्रीकृष्णको जन्मउत्सव मनाइएको छ ।

दाङमा ब्रह्माकुमारीय ईश्वरीय विश्वविद्यालयले भगवान श्रीकृष्णको जन्मउत्सव मनाएको छ । भगवान कृष्णले असत्य माथि सत्यको बिजय प्राप्त गरी आर्दशवान पुरुषको भूमिका निभाएको भन्दै दिनभरि पानी समेत नखाएर ब्रत बस्ने गरी श्रीकृष्ण भगवानको पुजा आरधना गर्ने प्रचलन रहिआएको छ ।

तर दाङमा भने ब्रह्माकुमारीय ईश्वरीय विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र अन्तर्गत सेवा केन्द्र पाखापानी सहित देशभरका शाखाले एक औपचारिक कार्यक्रम नै गरेर श्रीकृष्ण भगवानको जन्मउत्सव मनाउनुका साथै कृष्णको महिमाका बिषयमा चर्चा गरी मनाएको छ ।

ब्रह्माकुमारीय ईश्वरीय विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र अन्तर्गत सेवा केन्द्र पाखापानीका प्रमुख ब्रह्माकुमारी यमुनाको अध्यक्षता एवम् लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा.बासुदेब उपाध्यायको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी स्वास्थ्य सचिव उपाध्यायले आध्यात्मिक क्षेत्रबाट मात्र मन र आत्मालाई शान्ति मिल्ने बताउनुभयो ।

उहाँले धर्म र स्वास्थ्य फरक बिषय भएपनि धर्मले मानिसलाई अनुशासित तथा मर्यादित बनाउने र स्वास्थ्यले मानिसलाई निरोगी बनाउने भएकोले दुबै क्षेत्रको महत्व रहेको बताउनुभयो । उहाँले कतिपय क्षेत्रमा स्वास्थ्यले नसकेका बिषय अध्यात्मले पुरा गरेको चर्चा समेत गर्नुभएको थियो ।

यस्तै कार्यक्रममा बोल्दै मन्त्रालयमा प्रबक्ता नोदनारायण चौधरीले कृष्ण अष्टमी सहित अन्य चार्डलाई धार्मिक शिक्षा र अनुशासनका रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले शान्ति प्राप्त गर्ने देखि अनुशासन बनाउने सम्म धर्मले गर्दै आएको समेत तर्क गर्नुभयो ।

स्वास्थ्य प्रबक्ता चौधरीले पछिल्लो समय धेरै बिकृति, बिसंगति फैलिएको भन्दै भगवान श्री कृष्ण जस्तै बनाउन बाल्यकाल देखि नै बालबालिकाहरुलाई नैतिक र संस्कार सहितको शिक्षा दिनुपर्नेमा समेत जोड दिनुभयो ।

यस्तै कार्यक्रममा पाखापानी सेवा केन्द्रका प्रमुख ब्रह्माकुमारी यमुनाले भगवान कृष्णको आगमन, असत्य माथि सत्यको बिजय, आर्दशवान पुरुषको भूमिका सहित धार्मिक तथा सांस्कृतिक बिषयमा महिमा प्रस्तुत गर्नु भएको थियो ।

उहाँले सत्य युगमा कृष्णले देखाएको शक्ति अहिले पनि आफ्नो सन्तानमा मिलोस् भन्दै कृष्ण अष्टमी पर्व मनाउने लागेको भन्दै धार्मिक तथा सांस्कृतिक रुपमा चर्चा समेत गर्नुभएको थियो ।

उहाँले हरेक धार्मिक समुदायले मनाउने सांस्कृतिक तथा धार्मिक पर्वहरुलाई सामाजिक संस्कृति र मूल्यमान्यता संग जोड्नु पर्ने र भगवान श्री कृष्ण जस्तै आर्दश सन्तान बनाउन सबैले नैतिक शिक्षा र संस्कार दिन नितान्त आवश्यक रहेको समेत चर्चा गर्नुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल २९ नम्वर हेडक्वाटर ज्वालामाई गण भालुवाङका गणपति रमेशकुमार थापा, राष्ट्रिय सगीतकर्मी संघ दाङका अध्यक्ष श्रीधर कडेल, पत्रकारद्धय सन्तोषकुमार गुप्ता र ओमप्रकाश गुप्ताको समेत बिशेष उपस्थिती रहेको थियो । साे अवसरमा बालबालिकाले राधाकृष्णको स्वरुपमा नृत्य समेत प्रस्तुत गर्नु भएकाे थियाे । कार्यक्रमको सञ्चालन ब्रह्माकुमारी रेजिनाले गर्नु भएको थियो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे