सकारात्मक चिन्तनको विकास हुन आवश्यक रहेको छ : अर्थ मन्त्री कार्की



सकारात्मक चिन्तनको विकास हुन आवश्यक रहेको छ : अर्थ मन्त्री कार्की

दाङ १० भदौ । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले सकारात्मक चिन्तनको विकास हुन आवश्यक रहेको बताउनुभएको छ । श्री कृष्ण जन्माष्टमीको अवसरमा ब्रह्मकुमारीय इश्वरीय विश्वविद्यलय तथा राजयोग प्रशिक्षण केन्द्र घोराही शाखाले आज सोमवार आयोजना गरेको श्रीकृष्ण जन्मउत्सव तथा स्वागत एवं सम्मान कार्यक्रममा बोल्दै मन्त्री कार्कीले पछिल्लो समय मानिसहरुमा बढेको तीव्र महत्वकाक्षाले असन्तुष्टि र निराशा बढाउने काम गरेको भन्दै गलत सोच, विचार र व्यवहारको अन्त्य गर्दै सत कर्म र सत विचारका माध्यमबाट सभ्य समाज निर्माण लाग्नुपर्ने बताउनु भएको हो ।

उहाँले त्यसका लागि पवित्र भावनाको विकाससँगै सभ्य र सुसंस्कृत समाज निर्माणमा ध्यानदिनुपर्ने आवश्यकता रहेको बताएका थिए । जुनसुकै काम गर्दा मनमा स्वार्थ नराख्ने र सत्यको भावनाले गर्न सके सफल भइने भन्दै मन्त्री कार्कीले ब्रह्कमारीय इश्वरीय विश्वविद्यालयले सकारात्मक सोचको विकासमा सहयोग पुर्‍याइरहेको भनाई रहेको थियो । मन्त्री कार्कीले सेवा नै धर्म भएको भन्दैे घोराहीमा बन्दै गरेको ब्रह्मकुमारीय इश्वरीय विश्वविद्यालयको भवन निर्माणका लागि प्रदेशका तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

ब्रह्मकुमारीज इश्वरीय विश्वविद्यलय तथा राजयोग प्रशिक्षण केन्द्रका राप्ती प्रमुख राजयोगिनी गीता दिदीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात प्रचण्डविक्रम न्यौपानेले सकारात्मक सोचसंगै, अनुशासन, चिन्तनको विकासमा ब्रह्माकुमारीजले ठुलो सहयोग गर्दै आएको बताउनुभयो । उहाँले अहिलेको समयमा सकारात्मक सोचसहितको आध्यामिक चिन्तन आवश्यक रहेको भन्दै त्यसका लागि आफुले सक्ने सहयोग ब्रह्मकुमारीज इश्वरीय विश्वविद्यालयलाई गर्ने प्रतिवद्धता व्यक्त समेत गर्नुभयो ।

उहाँले घोराहीमा बन्दै गरेको ब्रह्मकुमारीज इश्वरीय विश्वविद्यालयको नयाँ भवनलाई आध्यामिक ध्यानसहित पर्यटन र उद्यमसँग जोडेर विकास गर्नुपर्ने भन्दै मन्त्री न्यौपानेले अन्तरिक पर्यटनसँगै बाह्य पर्यटनलाई आकिर्षक गर्ने गरि अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले प्रदेशको समृद्धिका लागि पर्यटन र कृषि क्षेत्रको विकास गर्न आवश्यक रहेको भन्दै उनले त्यसका लागि लुम्बिनीमा धेरै सम्भावना रहेको समेत बताउनुभयो ।

ब्रहाकुमारीज इश्वरीय विश्वविद्यलय तथा राजयोग प्रशिक्षण केन्द्र घोराही शाखाका अन्जना दिदीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकारण ब्रह्मकुमार माधव तिमिल्सेनाले गर्नु भएको थियो । श्रीकृष्णाष्टमीको आद्यात्मिक महत्व र आजको सन्दर्भमा यसको आवश्यकतामाथि ब्रह्माकुमार शिवलाल महताराले प्रकाश पार्नु भएको थियो । सो अवसरमा बालबालिकाले राधाकृष्णको स्वरुपमा नृत्य समेत प्रस्तुत गर्नु थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे