कपिलवस्तुको बनकसबासामा बस दुर्घटना : २० जना घाइते, ६ जनाकाे भैरहवा रिफर



कपिलवस्तुको बनकसबासामा बस दुर्घटना : २० जना घाइते, ६ जनाकाे भैरहवा रिफर

कपिलवस्तु १० भदाै । कपिलवस्तुको शिवराज नगरपालिका १ बनकसबासामा बस दुर्घटना भएको छ ।

सुर्खेतबाट बुटवल तर्फ जाँदै गरेको लु २ ख १५९८ नम्बरको बस दुर्घटनामा परेको हो । बस दुर्घटनामा परि २० जना यात्रु घाइते भएका छन् । घाइते मध्ये ६ जनाकाे भैरहवा मेडिकल कलेज १३ जनाकाे चन्द्रौटा स्थित सन्जिवनी सामुदायिक अस्पताल र १ जनाकाे आधारभुत अस्पताल चन्द्राैटामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिएका छन् । मोटरसाइकललाई बचाउने क्रममा सो बस एक सय मिटर तल पल्टिएको हो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे