राप्ती गाउँपालिकाकाे बाघढ्ढीमा कारको ठक्करबाट १ पैदलयात्री घाइते



राप्ती गाउँपालिकाकाे बाघढ्ढीमा कारको ठक्करबाट १ पैदलयात्री घाइते

भालुवाङ ७ भदौ । दाङको देउखुरीमा कारको ठक्करबाट एक जना पैदलयात्री घाइते भएका छन् ।

शुक्रवार बेलुका साढे ७ बजेको समयमा लमही– भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नं. ३ बाघढ्ढीमा काठमाण्डौं देखि लमही जाँदै गरेको बा ९ च नं. ११३८ नम्बरको कारले ठक्कर सोही वडाकै अन्दाजी ७० वर्षिय आइते रावत घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

पैदल हिडिरहेका रावतलाई कारले ठक्कर दिएको थियो । घाइते रावतको सिसहनियाँमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले बताएको छ । घाइतेको टाउकोमा गहिरो चोट लागेको छ । ठक्कर दिने गाडी र चालकलाई इलाका प्रहरी कार्यालय भालुवाङले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे