राप्ती नदीको झोलुङ्गे पुलबाट खस्दा एक बालक घाइते : प्रहरीद्धारा सकुशल उद्धार



राप्ती नदीको झोलुङ्गे पुलबाट खस्दा एक बालक घाइते : प्रहरीद्धारा सकुशल उद्धार

भालुवाङ २ भदौ । दाङको देउखुरी स्थित राप्ती नदीको झोलुङ्गे  पुलबाट नदीको टापुमा खस्दा एक बालक घाइते भएका छन् ।

राप्ती गाउँपालिका वडा नम्बर ३ खुरुरीया निवासी १३ वर्षिय बालक सुदन चौधरी सोही वडाको खुरुरीया स्थित राप्ती नदीको झोलुङ्गे  पुलबाट डोरी लगाई दाउरा समात्नका लागि डोरीको सहायताबाट नदीमा झर्ने क्रममा डोरी चुडिएर करिव ३० मिटर तल नदीको टापुमा खस्दा ती बालक घाइते भएका हुन् ।

घाइते बालकको हात र खुट्टामा चोट लागेको राप्ती गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष उमेश अधिकारीले जानकारी दिएका छन् । घाइते बालकको सिसहनियाँमा उपचार पछि डिस्चार्ज भएका छन् । नदीको दायाँ बायाँ ठुलो पानीको बहाव रहेकोले टापुमा खसेका बालकलाई निस्कन गाह्रो भएपछि नेपाल प्रहरी र शसस्त्र प्रहरीले आइतवार दिउँसो करिब २ः३० बजेकोे समयमा डुंगाको सहायताबाट सकुशल उद्धार गरेको वडा अध्यक्ष अधिकारीले बताएका छन् ।

नदीमा बालक खसेको खवर सोही ठाउँका जनक चौधरीले तुरुन्तै वडा अध्यक्षलाई गराएपछि वडा अध्यक्ष उमेश अधिकारीले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तत्काल उद्धारको लागि सम्पर्क गरेका थिए । इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक अमरबहादुर माझी, सशस्त्र प्रहरी निरीक्षक विशाल पाण्डे र प्रहरी चौकी मसुरियाका इन्चार्ज खेमराज खनालको सक्रियता र समन्वयमा उद्धार गरिएको वडा अध्यक्ष अधिकारीले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे