देउखुरीमा भरुवा बन्दुक सहित एक युवक पक्राउ



देउखुरीमा भरुवा बन्दुक सहित एक युवक पक्राउ

देउखुरी १ भदौ । दाङको देउखुरीबाट एक जना युवक भरुवा बन्दुक सहित पक्राउ परेका छन् ।

शुक्रवार बेलुका ६ः३० बजेको समयमा गढवा गाउँपालिका वडा नं. ३ सुपैला खोलाबाट सोही वडाको भैसीकुटी वस्ने मानबहादुर बुढामगरको छोरा वर्ष २४ को चुन्नु भन्ने राजाबाबु बुढामगर भरुवा बन्दुक सहित पक्राउ परेका छन् । बुढामगरले बोरामा बेरी एक नाले भरुवा बन्दुक लिई जंगल तर्फ जाँदै गरेको अवस्थामा प्रहरी चौकी गोवरडिहा दाङबाट प्रहरी सहायक निरिक्षक नेत्रबहादुर ओलीको कमाण्डमा ४ जना र इलाका प्रहरी कार्यालय गढवाबाट प्रहरी निरिक्षक कालिका कार्कीको कमाण्डमा ७ जनाको गस्ती टोलीले उनको साथबाट भरुवा बन्दुक १ थान सहित बन्दुकमा प्रयोग हुने सामाग्री समेत नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी निरिक्षक कालिका कार्कीले जानकारी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे