अराजक गतिविधि गरेकाे भन्दै पदच्युत प्रअ खत्रीलाई पालिकाद्धारा स्पष्टीकरण माग



अराजक गतिविधि गरेकाे भन्दै पदच्युत प्रअ खत्रीलाई पालिकाद्धारा स्पष्टीकरण माग

देउखुरी २ भदाै । दाङको राजपुर गाउँपालिका वडा ७ मावि सिक्टाका पदच्युत भएका प्रधानाध्यापक विष्णु खत्रीलाई राजपुर गाउँपालिकाले २४ घण्टे स्पष्टीकरण सोधेको छ । पदबाट हटाइएका प्रअ  खत्रीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा गाउँपालिका अध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख लगायत कर्मचारीलाई तथा नाम गालीगलौज गर्ने, पदभार गर्दा निमित्त प्रअलाई कुर्सीबाट लतार्ने लगायतका घटनामा संलग्नता देखिएको भन्दै पालिकाले स्पष्टीकरण सोधेको हो ।

‘शिक्षक जस्तो मर्यादित  पदमा आसिन भएको व्यक्तिले यस्तो गतिविधि कुन ऐन कानुन वमोजिम गर्नु भयको हो ? शिक्षा नियमावली २०५९ (संसोधनसहित) को नियम १० बमोजिम २४ घण्टा भित्र आफैँ उपस्थित भइ लिखित स्पष्टीकरण दिनुहोला ।’, स्पष्टीकरणमा भनिएको छ ।

प्रअ खत्री पदीय जिम्मेवारी भुलेर अनैतिक क्रियाकलापमा संलग्न भएको भन्दै स्पष्टीकरण सोधेको पालिकाका शिक्षा शाखा प्रमुख केशव लम्सालले बताए  । ‘प्रधानाध्यापकले आफ्नो फेसबुकमा राजपुर गाउँपालिका अध्यक्ष शरद बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत विष्णु पाण्डे , शिक्षा शाखा प्रमुख केशव लम्साल लगायतका कर्मचारीलाई नकारात्मक टिकाटिप्पणी गर्नुका साथै पालिकाबाट जिम्मेवारी दिएका निमित्त प्रअ भरत बस्नेतलाई पदभारका क्रममा कुर्सीमा अभद्र व्यवहार गरेको आरोप छ ।’, उनले भने । पालिकाले उक्त विद्यालयलका वरिष्ठ शिक्षक भरत बस्नेतलार्य साउन ३१ गते निमित्त प्रअको जिम्मेवारी दिएको थियो । प्रअ  खत्री माथि लामो समय देखि मावि सिक्टामा विद्यालय व्यस्थापन समिति गठन नगरेको समेत आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे