राप्ती मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघको अध्यक्षमा खड्का सर्वसम्मत निर्वाचित



राप्ती मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघको अध्यक्षमा खड्का सर्वसम्मत निर्वाचित

भालुवाङ १ भदौ । राप्ती मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघको अध्यक्षमा पुन हरि बहादुर खड्का दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका छन् ।लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका अन्तरगत राप्ती गाउँपालिकामा अवस्थित संघको शनिवार राप्ती गाउँपालिका १ पाखापानी स्थित शिद्धेश्वर मन्दिरमा भएको दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनबाट खड्काको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । जस अनुसार वरिष्ठ उपाध्यक्षमा नमराज शाही, उपाध्यक्षमा कमल खनाल, महासचिवमा गोपाल पोख्रेल, सचिवमा मोहन आचार्य, कोषाध्यक्षमा दोर्णप्रसाद आचार्य रहेका छन् । त्यसै गरी सदस्यहरुमा विष्णु बोहोरा, जागृत भुसाल, सञ्जय शर्मा, शिरि घिमिरे र सुनिल चौधरी रहेका छन् । नव निर्वाचित कार्यसमितिलाई निर्वाचन संयोजक बासुदेव न्यौपानेले सपथ गराएका थिए भने संघका बरिष्ठ सल्लाहकार जगत प्रसाद पोख्रेलले टिका तथा खादा लगाइदिएका थिए । संघका अध्यक्ष हरिबहादुर खड्काको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गेमे खड्काको प्रमुख आतिथ्यतामा भएको सभामा वार्षिक प्रगति प्रतिवेदन महासचिव कमल खनाल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष दोर्णप्रसाद आचार्यले प्रस्तुत गरेका थिए । संघका वरिष्ठ उपाध्यक्ष नमराज शाहीको स्वागत मन्तव्यबाट सुरु भएको सभा उद्घाटन कार्यक्रममा राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष सुरज खड्का, भालुवाङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर गुरुङ, इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख तथा प्रहरी निरिक्षक अमरबहादुर माझी, नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष दिपक पाण्डे, प्रदेश अध्यक्ष शेषनारायण शर्मा, जिल्ला अध्यक्ष शालिकराम खनाल उपाध्यक्ष शालिकराम खनाल, संघका बरिष्ठ सल्लाहकार जगतप्रसाद पोख्रेल, प्रेस संयोजक तथा रोटरी क्लव अफ राप्ती सस्थापक अध्यक्ष बासुदेव न्यौपाने लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संघका सदस्य अशोक बेल्वासेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे