दाङको लमहीमा २ दिने सुचनाको हक सम्बन्धी प्रशिक्षण शिविर सुरू



दाङको लमहीमा २ दिने सुचनाको हक सम्बन्धी प्रशिक्षण शिविर सुरू

लमही १ भदौ । दाङको लमहीमा सूचनाको हक सम्बन्धी प्रशिक्षण शिविर शनिवार देखि सुरू भएको छ ।यु.एस.ए.आइडी लगायतका विभिन्न दातृ निकायको सहयोगमा सञ्चारिका समुह नेपालले लमही स्थित होटल सिद्वार्थमा शिविर सुरु भएकाे हाे । शिविरकाे उद्घाटन गर्दै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सूचनाको हकमा राज्यले नागरिकलाई गुम्राहमा पार्न नहुने बताएका छन् ।  उनले सामाजिक स्तरबाट उठाएका मुद्दालाई राज्यले आत्मसाथ गर्दै पूर्णता दिएको पनि जिकिर गरे । ‘सूचना माग्न सबै आउनुपर्छ तर सूचना माग्न पत्रकार मात्रै आउछन् सभामुख घर्तिमगरले भने ।’त्यस्तै उनले हरेक जनतालाई सूचनाको हकबाट टाढा राख्नु हुदैन् भन्ने उद्देश्यले संचारिका समूहले कार्य गर्दै आएकोमा प्रशंसा समेत व्यक्त गरे । त्यस्तै उनले संसदीय मूल्यमान्यतालाई मर्यादामा राखेर सूचना सम्प्रेषण गर्न आग्रह गरे । त्यस्तै सञ्चारिका समूह नेपालका कोषाध्यक्ष उर्वसी बस्नेतले कार्यक्रमका बारेमा प्रकाश पारेकी थिइन् । कार्यक्रमको सञ्चालन सञ्चारिका समुह लुम्बिनीकी अमृता अनमोलले गरेकी थिइन् । भोली सम्म संचालन हुने शिविरमा सुचनाको हक , एआई सम्बन्धी प्रशिक्षक ताराबहादुर भण्डारी र जेबि बिश्वकर्माले प्रशिक्षण दिने छन् । शिविर आइतबार सम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे