बाँकेमा स्कूल बसको ठक्करबाट बाख्रो चराउन गएका युवक सहित १२ बाख्राको मृत्यु



बाँकेमा स्कूल बसको ठक्करबाट बाख्रो चराउन गएका युवक सहित १२ बाख्राको मृत्यु

दाङ २४ साउन । बाँकेमा स्कूल बसको ठक्करबाट एक जना युवकको मृत्यु भएको छ । साथै एक जर्दन खसी बाख्रापनि बसको ठक्करबाट मरेका छन् ।

बाँकेको राप्ती सोनारी गाउँपालिका – ९ का २६ बर्षीय गोबिन्द वलीको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले  बताए । बाँकेको कोहलपुरबाट ढकेरी तर्फ जाँदै गरेको ना ४ ख ४५७० नम्बरको स्कुल बसले ढकेरी पुल नजिकै बाख्रो ग्वाला गएका वलीका साथै बाख्रालाई ठक्कर दिएको थियो । बसको ठक्करबाट वलीका साथै १२ वटा खसी बाख्राको पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । थप अरु केही खसी बाख्रा घाइते भएका छन् ।

ठक्कर दिने बस कोहलपुर नगरपालिका – १२ स्थित ज्ञान कुञ्ज बोर्डिङ स्कूलको हो । घटना पछि आक्रोसित स्थानीयले पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । यो खबर तयार पार्दासम्म शब बाटोमै राखेर स्थानीयले सडक खण्ड अवरुद्ध पारेका छन् । पूर्व पश्चिम राजमार्ग स्थानीयले अवरुद्ध पारेको हुँदा डाइभर्सन गरि सवारी संचालन गरिएको छ । बसका चालक फरार रहेका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे