बुटवलमा मुख्यमन्त्री सम्पर्क कार्यालय होइन, मुख्यमन्त्री निवास हो : मुख्यमन्त्री आचार्य



बुटवलमा मुख्यमन्त्री सम्पर्क कार्यालय होइन, मुख्यमन्त्री निवास हो : मुख्यमन्त्री आचार्य

भालुवाङ २२ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा मुख्यमन्त्री कार्यालय नभई बिगत देखि नै रहेको मुख्यमन्त्री निवास रहेको बताउनु भएकाे छ । केही दिन अघि विभिन्न सञ्चार माध्यममा बुटवलमा मुख्यमन्त्री सम्पर्क कार्यालय सञ्चालन भएको भन्ने समाचार प्रति खण्डन गर्दै मुख्यमन्त्री आचार्यले बुटवलमा रहेको विद्यमान मुख्यमन्त्री निवास मात्र सञ्चालनमा ल्याएको स्पष्ट पार्नु भएको छ ।

बुटवलमा प्रदेश प्रमुखको कार्यालय रहेको र पटक—पटक सरकारका गतिविधि लगायतका बिषयमा प्रदेश प्रमुख संग छलफल गर्न बुटवल जानुपर्ने अवस्था रहेको बताउँदै मुख्यमन्त्री आचार्य बुटवल जाँदा होटेलमा बस्नु भन्दा पहिले देखि नै रहेको मुख्यमन्त्री निवासलाई सञ्चालनमा ल्याएको बताउनु भयो ।

बुटवलमा रहेको मुख्यमन्त्री निवासमा रहेका सामाग्रीहरु राप्ती उपत्यका देउखुरी ल्याएर राख्नका लागि कुनै सरकारी भवन नभएको र एउटा मुख्यमन्त्री काम बिशेषले बुटवल जाँदा उक्त सामान रहेको घरमा नबसेर के होटेलमा बस्ने त ? भनेर उहाँले प्रतिप्रश्न गर्नुभयो । म बुटवल जाँदा होटेलमा बसेर अनावश्यक खर्च सरकारलाई थप्न चाहन्न मुख्यमन्त्री आचार्यले भन्नुभयो ।

म मेरो प्रदेशका अन्य जिल्ला जाँदा जहाँ सरकारी भवन छैन त्यहाँ मात्र होटेलमा बस्ने नत्र सरकारी भवन मै बसेर प्रदेशको काम गर्ने योजनाका साथ अघि बढेको छु, मुख्यमन्त्री आचार्यले भन्नुभयो । “म काम बिशेषले बुटवल जाँदा होटेलमा होइन सरकारी भवनमा बस्छु र त्यहीबाट जनता संग भेटघाट गर्ने र प्रदेश प्रमुख संगको काम अघि बढाउँछु, उहाँले भन्नुभयो ।

म बुटवल जाँदा स्वयम् हाम्रो मुख्यमन्त्री कार्यालयको लगानीमा विद्यमान अवस्था सम्म रहेको निवासमै बसेर काम गर्ने बताउनुभयो । “म बुटवल जाँदा विद्यमान अवस्थामा रहेको निवासमा बसिरहेको बिषयलाई लिएर केही सञ्चारमाध्यमले बुटवलमा सम्पर्क कार्यालय खोलेको भन्ने अपबाह फैलाउनुभयो,

त्यसमा कुनै सत्यता छैन, बुटवलमा रहेको भवन मुख्यमन्त्री सम्पर्क कार्यालय नभई विद्यमान अवस्था सम्म रहेको मुख्यमन्त्री निवास मात्र हो, मुख्यमन्त्री आचार्यले भन्नुभयो । साथै उहाँले देउखुरीमा निर्माण भइरहेको भवन पूणर् रुपमा सम्पन्न अझै एक बर्ष लाग्ने र निर्माण सम्पन्न नहुँदा सम्म बुटवल जाँदा त्यही भवन मै बस्ने समेत बताउनुभयो ।

यता प्रदेश सरकारका प्रबक्ता तथा कृषि, भूमि तथा सहकारी मन्त्री दिनेश पन्थीले बुटवलमा मुख्यमन्त्री सम्पर्क कार्यालय नभई मुख्यमन्त्री निवास मात्र भएको स्पष्ट पार्नु भएको छ । लुम्बिनीको प्रदेश प्रमुख कार्यालय बुटवलमा रहेको र नियमित कामका लागि मुख्यमन्त्री बुटवल जाँदा बस्नका लगि पहिले देखि नै रहेको निवास बस्ने गर्नु भएको प्रबक्ता पन्थीले बताउनुभयो ।

प्रदेश प्रमुखको कार्यालय राजधानीमा सार्ने काम संघ सरकारको हो, जब सम्म बुटवलबाट प्रदेश प्रमुखको कार्यालय देउखुरी सर्दैन तब सम्म मुख्यमन्त्री नियमित रुप मै बुटवल आउनु पर्छ, बुटवल आउँदा होटेलमा बस्नु भन्दा पहिले देखि नै रहेको निवासमा बस्दा राम्रो हुने भएकोले मुख्यमन्त्रीले निवास प्रयोग गर्नु भएको मात्र हो, प्रबक्ता पन्थीले भन्नुभयो ।

तर केही सञ्चारमाध्यमले मुख्यमन्त्री निवासलाई सम्पर्क कार्यालय भनेर गलत प्रचार गर्नुभयो, यो एकदमै दुखद बिषय हो, मिडियाले नबुझेर भन्दा सरकारलाई बदनाम गराउने उदेश्यले गलत समाचार सम्प्रेषण गरेको भन्दै उहाँले खण्डन गर्नुभयो ।

मुख्यमन्त्री बुटवल जाँदा मुख्यमन्त्रीलाई भेट्ने आउने थुप्रै जनता हुन्छन्, होटेलमा बसेर मुख्यमन्त्रीले जनतालाई भेट्ने कुरा पनि भएन, अनि आर्को कुरा पहिले देखि नै यथावत रुपमा रहेको मुख्यमन्त्री निवासमा बसेर जनता संग भेटघाट गर्ने देखि लिएर प्रदेश प्रमुख संगको भेटघाट गर्दा सहज र सरल हुने भएको मुख्यमन्त्रीले निवास प्रयोग गर्नुभएको हो, प्रबक्ता पन्थीले भन्नुभयो ।

सरकारी निवासमा बस्दा प्रदेश प्रमुख संगको भेटघाट देखि लिएर जनता संगको भेटघाट सहज र सरल हुन्छ । सरकारी निवासमा बस्दा सरकारको अनावश्यक खर्च पनि हुँदैन, त्यसैले प्रयोगबिहिन भएको मुख्यमन्त्री निवास प्रयोग गरेर सरकारको कामकाजलाई सहज र सरल मात्र बनाउनु भएको हो, उहाँले भन्नुभयो । साथै उहाँले उक्त निवासबाट प्रदेश सरकारका कुनै पनि कर्मचारी नराखिएको समेत स्पष्ट पार्नुभयो ।

यस्तै मुख्यमन्त्री कार्यालयका कायमुकायम प्रमुख सचिव माहादेब पन्थले बुटवलमा मुख्यमन्त्री सम्पर्क कार्यालय नभई पहिले देखि यथावत रहेको मुख्यमन्त्री निवास मात्र रहेको बताउनुभयो । उहाँले अहिलेका मुख्यमन्त्रीले उक्त निवास प्रयोग गर्नु भएको तर कुनै प्रशासनिक काम भने नभएको बताउनुभयो । उहाँले उक्त निवासमा मुख्यमन्त्री बुटवल जाँदा बास बस्ने र जनता भेट्ने थलोको रुपमा रहने समेत बताउनुभयो ।

प्रमुख सचिव पन्थले ले प्रशासनिक सम्पूणर् काम देउखुरीबाटै हुन्छ । बुटवलमा रहेको निवासमा एक जना सरकारी कर्मचारी समेत नरहेको प्रमुख सचिव पन्थले स्पष्ट पार्नुभयो । उहाँले पहिले देखि नै उक्त भवन निवासको रुपमा रहेको र अहिले मुख्यमन्त्रीले उक्त भवनलाई निवासको रुपमा प्रयोग गर्नुभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे