लुम्बिनीमा प्रदेश प्रमुखद्धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान



लुम्बिनीमा प्रदेश प्रमुखद्धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान

भालुवाङ ६ साउन । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । लुम्बिनीका प्रदेश प्रदेश अमिक शेरचनले नयाँ सरकार गठनका लागि दलहरूलाई सोमबार साँझ ६ः३० बजेसम्मको समय दिएर दाबी पेस गर्न आह्वान गरेका हुन्  ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

आइतबार लुम्बिनीका  मुख्यमन्त्री जोखबहादुर  महराले राजीनामा दिएका थिए । मुख्यमन्त्रीले  राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएको हो । नयाँ सरकार गठनका लागि कांग्रेस र एमालले दाबी गर्ने तयारी गरेका छन् ।

l

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे