सञ्चारिका समूह दाङको पहिलो बैठक सम्पन्न : १० वटै पालिकाका लागि संयोजक छनोट



सञ्चारिका समूह दाङको पहिलो बैठक सम्पन्न : १० वटै पालिकाका लागि संयोजक छनोट

देउखुरी ४ साउन । सञ्चारिका समूह नेपाल दाङको पहिलो  बैठक शुक्रवार घोराहीमा बसेकाे छ।

नयाँ कार्यसमिति चयन भए लगत्तै पहिलो बैठक सम्पन्न भएको हाे। समूहकी अध्यक्ष रञ्जिता अधिकारीको अध्यक्षतामा बसेको पहिलो बैठकले सल्लाहकारमा नारायणी रजौरे, सुलोचना गौतम ,लक्ष्मी आचार्य र बसुन्धरा गौतमलाई राख्ने निर्णय गरेकाे छ । त्यस्तै बैठकले कार्यसमितिलाई समेत पूर्णता दिएकाे छ ।  समूहले ४ जना सदस्यहरू थप गरेकाे छ । जस अनुसार सदस्यमा निसाकुमारी चौधरी, देवका परियार, निता चौधरी र देबा भुसाल रहेका छन् । त्यसैगरी दाङको १० ओटै पालिकामा संयोजक छनोट गरिएको छ । ज

स अनुसार तुल्सीपुर उपमहानगरपालिकामा सपना बोहोरा, दगीशरण गाउँपालिकामा दिप्तीशिखा चाैधरी , शान्तिनगर गाउँपालिकामा  जयन्ती चौधरी, बबई गाउँपालिकामा रमा नेपाली, लमही नगरपालिकामा  निसाकुमारी चौधरी, गढवा गाउँपालिकामा सुशीला ओली, राप्ती गाउँपालिकामा लक्ष्मी पोख्रेल, बंगलचुली गाउँपालिकामा  देवा भुसाल र राजपुर गाउँपालिकामा  सपना पाैडेललाई संयोजकको जिम्मा दिएको छ। साथै समूहलाई जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्ने निर्णय समेत गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे