लुम्बिनीमा काँग्रेस-एमालेले मुख्यमन्त्री टुंङ्गाे नलगाउँदै मुख्यमन्त्री महराले राजिनामा नदिने



लुम्बिनीमा काँग्रेस-एमालेले मुख्यमन्त्री टुंङ्गाे नलगाउँदै मुख्यमन्त्री महराले राजिनामा नदिने

भालुवाङ ३ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले तत्काल राजिनामा नदिने पक्षमा रहेका छन् । केन्द्रमा फेरिएको सत्ता समीकरण सँगै लुम्बिनीमा सत्ता साझेदार दल एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री महराले काँग्रेस-एमालेले मुख्यमन्त्रीको टुङ्गो नलगाउँदै तत्काल राजिनामा नदिने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

गत २० असारमा उनी अल्पमतमा परेपछि विपक्षी दल काँग्रेस-एमालेले मुख्यमन्त्री महरालाई राजिनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेपनि मुख्यमन्त्री महराले अब बन्ने मुख्यमन्त्री टुङ्गो नलाग्दा सम्म राजिनामा नदिने बताएका छन् । महराले एमाले र कांग्रेस नयाँ सरकार गठनको संवैधानिक प्रक्रियामा गएपछि मात्रै आफूले राजीनामा दिने वा के गर्ने भन्ने एकिन हुने बताए ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिन पाउने संवैधानिक व्यवस्था छ । यद्यपी महराले अहिले सम्म विश्वासको मत लिने प्रक्रियामा भने गएका छैनन् । सरकार अल्पमतमा परेको अवस्थामा ३० दिन भित्र विश्वासको मत लिनुपर्ने वा राजिनामा दिनुपर्ने संबैधानिक व्यवस्था छ । कानुनत मुख्यमन्त्री महराले साउन १८ गते सम्म विश्वासको मत लिने वा राजिनामा दिने मध्ये एक प्रकृया रोज्नुपर्ने छ ।

कांग्रेस की एमालेबाट मुख्यमन्त्री बन्ने समेत टुंगो नलागेकोले आफूले अहिले नै केही निणर्य नगर्ने बताए । ‘संविधानमा रहेको व्यवस्थालाई समेत बेवास्ता गरेर विपक्षीहरूले राजीनामा माग्दैमा दिने कुरा हुंदैन,’ महराले भने, ‘एमाले वा कांग्रेसमध्ये कुन दलले मुख्मन्त्री पाउने हो टुंगो छैन, त्यो टुंगो लगाएर उहाँहरू संवैधानिक व्यवस्था अनुसार नयाँ मुख्यमन्त्री नियक्तिको प्रक्रिया थालेपछि म तत्काल निणर्य गर्छु, मुख्यमन्त्री महराले भने ।

महरा गत चैत २३ गते नेकपा एमाले सहित ४८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । गत २० असारमा सत्ता साझेदार दल एमालेले समर्थन फिर्ता लिएपछि उहाँ अल्पमतमा परेका थिए । मुख्यमन्त्री महरालाई नेकपा माओवादीको १०, नागरिक उन्मुक्तिको ४, नेकपा एकीकृत समाजबादीको १ र १ स्वतन्त्र सांसद गरी १६ सांसदको समर्थन भने कायमै रहेको छ ।

लुम्बिनीको मुख्यमन्त्रीमा काँग्रेसको दाबी—

यता नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री आफूहरूले पाउनुपर्ने दाबी गरेको छ । काँग्रेसले पहिलो चरणमा लुम्बिनी प्रदेश सरकारको नेतृत्व आफूहरूले पाउनुपर्ने दाबी गरेको नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अम्मरसिंह पुनले बताएका छन् । केन्द्रमा कांग्रेस-एमालेले नयाँ गठबन्धन बनाउँदा एमालेले नेतृत्व गर्ने सहमति भएको भनिए पनि त्यो आधिकारिक र अन्तिम निणर्य नभएको प्रदेश सभापति पुनले बताए ।

उनले लामो समय माओवादी र एमालेले सरकारको नेतृत्व गरेकाले यसपटक आफूहरूको मुख्यमन्त्री दाबी रहेको बताए । ‘हामीले यसपटक आफैं नेतृत्व गर्नुपर्छ भन्ने अडानमा छौं, तर अन्तिम निणर्य त शीर्ष नेताहरुले केन्द्रबाटै गर्नुहोला,’ पुनले भने, ‘तर, प्रदेशलाई बलियो बनाउन प्रदेश सरकारको निणर्य प्रदेश समितिलाई नै गर्न दिनुपर्छ भन्ने हाम्रो अडान छ,’ सभापति पुनले भने ।

कांग्रेसकै एक प्रदेशसभा सदस्यले रुपन्देहीबाट एमाले उपाध्यक्ष विष्णु पौडेल संघीय सरकारको अर्थमन्त्री भइसकेको र प्रदेशमा भेगीय शक्ति सन्तुलन मिलाउन पनि पहिलो चरणको मुख्यमन्त्री कांग्रेसले पाउनु पर्ने तर्क गरेका छन् । साथै उनीहरूले लुम्बिनीको मुख्यमन्त्री काँग्र्सले नै पाउने सम्भावना बलियो रहेको तर्क समेत गरेका छन् । पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि प्रदेशको नेतृत्व कांग्रेसले पाउनुपर्ने लबिङ गर्न काठमाडौं पुगेर पार्टी सभापति देउवा लगायतका शिर्ष नेताहरू संगको भेटघाटमा बेस्त छन् ।

यता एमाले संसदीय दलका सचेतक तुल्सीप्रसाद चौधरीले भने यस अघि नै शीर्ष नेताबीच लुम्बिनीको नेतृत्व पहिलो चरणमा एमालेले गर्ने सहमति भईसकेकोले लुम्बिनीको मुख्यमन्त्री एमालेले नै पाउने ठोकुवा गरेका छन् । केन्द्रमा नयाँ समिकरण बने संगै शिर्ष नेताहरू बीच कुन प्रदेशमा कुन दलले मुख्यमन्त्री लिने सहमति भए अनुसार लुम्बिनीको मुख्यमन्त्री एमालेको भागमा परेको बताए । उनले अब बन्ने सरकारको नेतृत्व एमालेले नै गर्नेमा दुई मत नभएको बताए ।

लुम्बिनीको नेतृत्व एमालेले पाए संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री हुने बताएको छ । यदि पहलो चरणमा काँग्रेसले मुख्यमन्त्री पाएको खण्डमा भने काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बन्ने छन् । एमाले संसदीय दलका नेता गिरीले करिब ३ महिना सरकारको नेतृत्व गरेका थिए भने काँग्रेस संसदीय दलका नेता चौधरी करिब १० महिना सरकारको नेतृत्व गरेका थिए । केन्द्रमा नयाँ समिरकरण बनेको यतिका समय सम्म पनि काँग्रेस-एमालेले नयाँ मुख्यमन्त्री टुङ्गो लगाउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे