दाङको देउखुरीमा बाढीमा परि वेपत्ता भएका २ जनाको शव फेला



दाङको देउखुरीमा बाढीमा परि वेपत्ता भएका २ जनाको शव फेला

भालुवाङ २३ असार । राप्ती नदिमा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । शनिबार राप्ती नदीमा आएको बाढीमा बगेर बेपत्ता भएका राजपुर गाउँपालिका २ बेला निवासी १७ वर्षीय राजकुमार यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख राम बहादुर केसीले जानकारी दिए।

दूध बिक्री गरी घर फर्कने क्रममा शनिबार बिहान करिब साढे ९ बजे लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर घाटबाट उनी बगेर बेपत्ता भएका थिए।

केसीका अनुसार बेपत्ता यादवको शव आइतबार बिहान साढे ७ बजे फेला परेको हो। उनका अनुसार यादवको शव हस्नापुर घाटदेखि करिब एक सय ५० मिटर पश्चिम तर्फ बगरमा फेला परेको हो। त्यसैगरी राप्ती नदीको बाढीमा बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ।

लमही नगरपालिका–८ निवासी ५५ वर्षीय मनिराम चौधरीको शव पाँच सय मिटर पश्चिम मकै बारीमा फेला परेको वडा प्रहरी कार्यालय, लमहीले जनाएको छ। शनिबार दिउँसो चौधरी बग्रपुरबाट राप्ती नदीको बाढीमा बेपत्ता भएका थिए। आइतबार विहान शव फेला परेको र पोस्टमार्टमको लागि लमही अस्पतालमा राखिएको प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे