लुम्बिनी प्रदेशका सभामुख घर्ती र नेपालका लागि बेलायती दूतावासको टाेलीबीच भेटबार्ता



लुम्बिनी प्रदेशका सभामुख घर्ती र नेपालका लागि बेलायती दूतावासको टाेलीबीच भेटबार्ता

भालुवाङ १६ असार । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर र नेपाल स्थित बेलायती दूतावासको टाेलीबीच भेटबार्ता भएको छ । आइतबार दाङको देउखुरी स्थित लुम्बिनी प्रदेशका सभामुखकाे कार्यकक्षमा भएको भेटमा बेलायती दूतावाससंग्को सहकार्यमा लुम्बिनी प्रदेशमा गर्न सकिने कार्यक्रमको विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

नेपाल स्थित बेलायती दूतावासको प्रशासन तथा सेवा प्रमुख डा एन्ड्रय लङ को नेतृत्वमा आएको बेलायती दूतावासको टाेलीले लुम्बिनी प्रदेशमा प्रकृति संरक्षण, स्थानीय तहलाई भौतिक पुर्बाधार विकासमा सहयोग, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिबृद्धि, आर्थिक तथा बित्तीय क्षेत्रमा परामर्श सेवामा सहकार्य गर्न सकिने विषयमा परामर्श भएको थियो ।

त्यस क्रममा सभामुख घर्ती मगरले स्वास्थ्य र शिक्षामा तराईका जिल्लाहरुमा, प्रकृति संरक्षणमा पहाडी जिल्लाहरु र समग्र आर्थिक बिकासमा लुम्बिनी प्रदेशलाई केन्द्रित गरि कार्यक्रम तय गर्न सुझाव दिए । चुरे श्रृङखला क्षेत्रमा बाताबरण जोगाउदै जनताको आधारभुत आवस्यकता आपूर्तिको लागी भौतिक संरचना निर्माण गर्न चुनौतीपूर्ण रहेको जानकारी गराउदै सभामुख घर्ती मगरले यस क्षेत्रलाई प्राथमिकता दिन आवश्यक रहेको बताए ।

भेटमा नेपाल स्थित बेलायती दूतावासको प्रशासन तथा सेवा प्रमुख डा एन्ड्रय लङ ले सुझाव अनुसार दूतावासले कार्यक्रम तय गर्ने आश्वासन दिए । साे अवसरमा लुम्बिनी प्रदेश सभाका सचिब दुर्लभ कुमार पुनले प्रदेशको कर्मचारीको क्षमता बिकास र सूचना प्रबिधिको क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे