पब्लिक एजुकेसन एकेडेमीका १७ जना विद्यार्थीले ल्याए ए प्लस : सफल हुने विद्यार्थीलाई सम्मान



पब्लिक एजुकेसन एकेडेमीका १७ जना विद्यार्थीले ल्याए ए प्लस : सफल हुने विद्यार्थीलाई सम्मान

भालुवाङ १६ असार । दाङको राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टीमा रहेको पब्लिक एजुकेसन एकेडेमीका १७ जना विद्यार्थीले यस वर्षको एसईईमा ए प्लस ल्याउन सफल भएका छन् ।परिक्षामा सहभागी ४७ जना विद्यार्थी मध्ये ४६ जना विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन् । उत्तीर्ण भएका विद्यार्थी मध्ये १७ जनाले ए प्लस, १७ जना ए र १२ जनाले बी प्लस ल्याउन सफल भएको विद्यालयका प्रिन्सिपल चम्पकराज कार्कीले जानकारी दिएका छन् । जसमा छात्र तर्फ विनोद बुढाथोकीले ३.८५ जिपिए र छात्रा तर्फ सजिना आचार्य, समीक्षा अधिकारीले ३.८२ जिपिए ल्याएर विद्यालय उत्कृष्ट भएका छन् ।

यसै बीच उत्तीर्ण हुने ४६ जना विद्यार्थी र अभिभावकलाई आइतबार विद्यालयले एक कार्यक्रमका बीच बधाई सहित सम्मान गरेको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष हिमानन्द पाण्डेको अध्यक्षता एवम् देउखुरी शिक्षा सहकारी संस्थाका अध्यक्ष चित्रमबहादुर चाैधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उत्तीर्ण हुन सफल विद्यार्थी र अभिभावकहरूलाई दोसल्ला र सम्मानपत्रका साथ बधाई तथा सम्मान गरिएको छ ।  सो अवसरमा अभिभावक यमबहादुर रोका, विद्यालयका पुर्व प्रिन्सिपल विक्रान्त ज्ञवाली र विद्यार्थीहरू सविना पोख्रेल, लिलामणी आचार्यले शुभकामना तथा बधाई मन्तव्य व्यक्त गरेका थिए । विद्यालयका प्रिन्सिपल चम्पकराज कार्कीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन प्रावि इन्चार्ज शोनु भण्डारीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे