संघीयताको पक्षमा बहस चलाउनुस् : सभामुख घर्ती



संघीयताको पक्षमा बहस चलाउनुस् : सभामुख घर्ती

भालुवाङ ५ असार । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले पछिल्लो समय संघीयता खतरामा परेको बताएका छन् । उनले नियत जन्य रुपमा संघीययता र प्रदेश माथि भइरहेको हमला प्रति डिफेन्समा उभिन संसदीय मामिलाको क्षेत्रमा कलम चलाईरहेको पत्रकारहरुलाई आग्रह गरे । अन्तर प्रदेश अध्ययन भ्रमणको क्रममा लुम्बिनी प्रदेशमा आईपुगे कोशी प्रदेशका संसदीय मामिला पत्रकारहरु कुरा गर्दै सभामुख घर्तीले संघीयता र प्रदेश माथी भइरहेको हमलाको डिफेन्समा उभिनुपर्ने बताए ।

‘संघीयता र प्रदेश माथी भइरहेको नीयोजित हमलाको नागरिक तहमा समेत डिफेन्स हुन जरुरी छ’ उहाँले भन्नुभयो, ‘डिफेन्स गर्ने जिम्मेवारी पत्रकारहरुको पनि होइन र ? यसरी डिफेन्स गरेको मैले त कतै देखेको छैन् ।’ सभामुख घर्तीले सूचनाको हक संग संगै गोपनियताको हकलाइ पनि बिचार गर्नुपर्ने बताए । उनले कर्तब्यलाई पनि बोध गर्नुपर्ने, अधिकारको निम्ति बोल्ने र कर्तब्य पालनाको लागि राजनितीक संस्कार आवश्यक पर्ने उल्लेख गरे । साथै उनले संघीयता र प्रदेशको बारेमा जे पायो त्यही लेख्न र जे पायो त्यही बोल्न कसैलाई छुट नरहेको दावी गरे ।

‘पत्रकार भए भन्दैमा जे पायो त्यहि लेख्ने र जे पायो त्यहि बोल्ने छुट छैन’उनले भने,’उनले भने-‘बुझ्दै नबुझी जे पायो त्यही लेख्न भएन ।’ अझैं संसदिय व्यवस्थालाई व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले प्रदेश सभा मर्यादा, विधि र प्रक्रियाले चल्ने बताए ।‘यो ठाउँ रुपान्तरण गर्ने र रुपान्तरण हुने ठाउँ हो’ उनले भने, ‘प्रदेश सभाको गरिमा राख्ने जिम्मेवारी तपाई हामी सबैको हो । क्लवको बैठकमा गएको जसरी डिसर्टमा बैठकमा आउने, ओभर मेकप गरेर बैठकमा आउने जस्ता कार्य रोक्न पनि लगाएको छु ।’

संसदीय पत्रकार मञ्च कोशीका अध्यक्ष कुमार लुईटेलले संसदीय समिति संग सार्वजनिक सुनुवाइ, विकासका मुद्दा माथी छलफल, विधेयकमा सरोकारवाला निकाय संग छलफल, सभाको मर्यादा कायम गराउने बारेमा पनि संसदीय पत्रकार मञ्चको तर्फबाट भूमिका खेलिएको जानकारी दिए । कोशी प्रदेशमा मिडिया सेन्टर व्यवस्थीत गरिएको छ । लुम्बिनी प्रदेशका सचिव दुर्लभकुमार पुन मगरले लुम्बिनीलाई समुन्नत प्रदेश बनाउन संसदीय मामिला पत्रकार समाज संग सहकार्य गर्ने गरिएको बताए । यस्तै उनले संसदीय बाहृय पहुँच स्थापित गर्न संसदीय मामिला पत्रकार समाज संग सहकार्य गर्ने गरिएको जानकारी दिए ।

लुम्बिनी प्रदेश संसदीय पत्रकार समाजका कोषाध्यक्ष दशरथ घिमिरेले संसदीय रिपोटिङ्गलाई प्रभावकारी बनाउन प्रदेशसभा संग सहकार्य भइरहेको बताए । ‘प्रदेशसभा स्थापना भएपछि स्थायी राजधानीबाट संसदीय रिपोर्टीङ्ग सुरु भएको छ । रिपोटिङ्गमा अझैं निखारपन ल्याउन जरुरी छ’ उनले भने,‘पत्रकारहरुको क्षमता अभिवृद्धि गर्दै प्रदेश सभा, बिषयगत समितिको कामलाई कलमको माध्यमबाट निरन्तर खबरदारी गर्न जरुरी छ ।’ पत्रकार मञ्चले असार ३ गते देखि मधेश, बागमती र लुम्बिनीको अन्तर प्रदेश भ्रमण गरेको हो । कार्यक्रमको सहजीकरण कोशी प्रदेश संसदी पत्रकार मञ्चका सचिव सुमन सुस्केराले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे