लमहीमा गाैशाला व्यवस्थापन तथा गाैं संरक्षणका विषयमा छलफल



लमहीमा गाैशाला व्यवस्थापन तथा गाैं संरक्षणका विषयमा छलफल

लमही ५ असार । दाङको लमही नगरपालिका भित्र गाैशाला ब्यवस्थापन तथा गाैकाे धार्मिक, संस्कृति र वैज्ञानिक उपयोगीका सम्वन्धमा लमहीमा छलफल भएको छ ।

विश्वहिन्दु युवा महासंघका अध्यक्ष ऋषिकेशजंग शाहकाे अगुवाइमा शुरु भएको छलफलमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व संविधान सभा सदस्य याेगेन्द चाैधरी, लमही नगरपालिकाका नगर प्रमुख जाेगराज चाैधरी, उपप्रमुख लक्ष्मी याेगी, प्रमुख प्रशासकीय अधिकृत प्रकास देवकाेटा,  समाजसेवी विन्तीराम यादव लगायत सराेकारवाल बीच छलफल भएको हो ।

छलफलमा नगरप्रमुख चाैधरीले आफु यस विषयमा गम्भीर रहेकाे बताउदै गाै संरक्षण संगै यसलाई आर्थिक विषयमा समेत जाेडेर जान सक्ने हाे भने स्वादेशमै स्वाराेजगार सृजना गर्न सक्ने बताएका छन् ।

नगर प्रमुख चाैधरीले गाै संरक्षण हिन्दु धर्म संग मात्र जाेडेर हेर्नु भन्दा पनि यसकाे वैज्ञानिक रुपमा हुने उपयाेगी, यसका फाईदा र मानव जीवनमा आवश्यक पर्ने औंषधीका वारे सचेतनाकाे कमीले गर्दा गाै को महत्त्व बुझाउन नसकेकाे बताए ।
गाै संरक्षणले आर्थिक पाटाेकाे रुपमा लिन र उपयोगी गर्न सक्ने हाे भने राम्रो आम्दानी गर्न सक्ने नगर प्रमुख चाैधरीले बताए।
कार्यक्रममा पुर्व संविधान सभा सदस्य याेगेन्द चाैधरीले गाै संरक्षण धर्म संगमा जाेडेर हेर्नू भन्दा पनि यसलाई आर्थिक पाटाे, मानव स्वास्थ्य र स्वराेजगार संग जाेडेर अगाडी बढाउनु पर्ने बताए ।

विश्व हिन्दु युवा महासंघका केन्द्रीय सदस्य ऋषिकेशजंग शाहले गाै हिन्दु धर्म संग मात्र जाेडियकाे विषय मात्र नभई याे विश्वब्यापी रुपमा यसकाे महत्त्व नवुझ्दा गाै सडकमा आएकाे बताए । गाै बाट मानव जीवनमा आवश्यक पर्ने औषधीका रुपमा पाईने सबै तत्व पाउने भएकाले पनि गाै मानव जगत संरक्षणका लागि पनि गाै संरक्षण आवश्यक भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे