लुम्बिनीमा बजेटको आकार घट्यो, झन्डै ३९ अर्ब रुपैयाँको बजेट पेश



लुम्बिनीमा बजेटको आकार घट्यो, झन्डै ३९ अर्ब रुपैयाँको बजेट पेश

काठमाण्डौ १ असार । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को लागि झन्डै ३९ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले आउँदो आर्थिक वर्षको लागि ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो ।

यो चालू आर्थिक वर्षकोभन्दा दुई अर्ब रुपैयाँले थोरै हो । चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख रुपैयाँ र पूँजीगतर्फ २४ अर्ब ५८ करोड रुपैयाँ छ ।यस्तै वित्तीय हस्तान्तरणका लागि तीन अर्ब १४ करोड रुपैयाँ छुट्याइएको मन्त्री आचार्यले जानकारी दिनुभएको छ । स्रोततर्फ, आन्तरिक राजश्वमार्फत सात अर्ब ५१ करोड र संघबाट प्राप्त हुने राजश्वमार्फत १२ अर्ब एक करोड र संघबाट प्राप्त हुने रोयल्टी ५० करोड र स्थानीय तहबाट प्राप्त हुने राजश्व दुई अर्ब ९२ करोड हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे