दाङमा हिंसात्मक गतिविधि बढ्दै, तुलसीपुरको मजवा फुलेखाली चोकमा चक्कु प्रहारबाट एक जना गम्भीर घाइते



दाङमा हिंसात्मक गतिविधि बढ्दै, तुलसीपुरको मजवा फुलेखाली चोकमा चक्कु प्रहारबाट एक जना गम्भीर घाइते

दाङ ३० जेठ । दाङमा दिनप्रतिदिन हिंसात्मक गतिविधि बढ्न थालेको छ । मंगलबार पुन दाङमा धारिलो हतियार चक्कु प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् ।

मंगलबार राती करिब साढे १२ बजेतिर तुलसीपुर उपमहानगरपालिका ४ मजवा फुलेखाली चोकमा बसीरहेको अवस्थामा २/३ जनाको समुहमा आएका युवाहरुको समुहले धारिलो हतियार चक्कु प्रहार गरि एक जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

घाइते हुनेमा तुलसीपुर ४ निवासी २४ वर्षीय गोरखलाल खड्का रहेका छन् । गोरखलालमाथी चक्कु प्रहार गर्ने तुलसीपुर ४ बस्ने अन्दाजी २१ वर्षीय पवन केसी लगायत २/३ जना युवाहरु रहेको प्रहरीले बताएको छ । गोरखलाल र पवन बिच सामान्य बिवाद भएपछि उनीमाथी धारिलो हरियार (चक्कु) प्रहार गरेका थिए । गोरखलाललाई ढाडमा गहिरो चोट लागेको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागी नर्सिङ होम नेपालगंज बाँके रिफर गरिएको अस्पताललाई उद्धत गर्दै प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले घटनास्थलबाट चक्कु प्रहार गर्ने पवन केसीलाई चक्कु सहित र तुलसीपुर ४ बस्ने १८ वर्षीय झक्कु वली, सोही ठाउँ बस्ने अन्दाजी २०/२२ वर्षीय बिकाश पुनलाई पक्राउ गरेको छ । साथै उनीको साथबाट रा. ६ प. ५०, रा. ४ प. ५२४ र रा. ६ प. ४०६५ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे