राप्ती नदीमा माछा मार्ने क्रममा डुवेर एक जनाको मृत्यु



राप्ती नदीमा माछा मार्ने क्रममा डुवेर एक जनाको मृत्यु

भालुवाङ २६ जेठ । राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एक जनाकाे मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्ती गाउँपालिका-२ बराखुट्टी निवासी ४० बर्षिय सनबहादुर पुन रहेकाे इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । सितगंगा नगरपालिका वडा नम्बर ८ काे बडिदमार भन्ने स्थानमा राप्ती नदीमा शनिबार बेलुका ४:३० बजेको समयमा जालहानी माछा मार्ने क्रममा एक्कासी नदीमा डुबेर बेपत्ता भएको र खोजतलासको क्रममा करिब ५० मिटर पर नदिले बगाएर किनारमा फालेको मृतकका भिनाजु रामबहादुर घर्ती मगरले बताएका छन् ।

मृतक पुनकाे शवलाई पाेष्टमार्टमका लागि लमही अस्पताल पठाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे