दाङको तुलसीपुरमा बसले अटोलाई ठक्कर दिदा ५ जना घाइते, एकको अवस्था गम्भीर



दाङको तुलसीपुरमा बसले अटोलाई ठक्कर दिदा ५ जना घाइते, एकको अवस्था गम्भीर

दाङ २६ जेठ । दाङको तुलसीपुरमा बसले अटोलाई ठक्कर दिदा ५ जना घाइते भएका छन् ।

शनिबार दिउँसो पौने ४ बजेतिर गणेशपुर पार्कदेखि तुलसीपुर आउदै गरेको रा १ ह २२०७ नम्बरको अटोलाई तुलसीपुर देखि सल्यान तर्फ जाँदै गरेको रा१ख२०३७ नम्बरको बसले ठक्कर दिदा ५ जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश थापाले जानकारी दिए ।

घाइते हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका ५ निवासी २९ वर्षीय अंकित गुप्ता (चालक), सल्यान कुमाख गाउँपालिका ५ बस्ने २६ वर्षीय रिता बोहोरा, सोही ठाउँ बस्ने रिता बोहोराको छोरा ६ वर्षीय केशब बोहोरा, १८ वर्षीय कमला बुढाथोकी र १६ वर्षीय छबिलाल बुढाथोकी रहेका छन् ।

छविलालको अवस्था भने गम्भीर रहेको प्रहरीले बताएको छ ।
घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे