गणतन्त्रको रक्षाका लागि संविधानको मर्म अनुसार अगाडि बढ्न आवश्यक छ : मुख्यमन्त्री महरा



गणतन्त्रको रक्षाका लागि संविधानको मर्म अनुसार अगाडि बढ्न आवश्यक छ : मुख्यमन्त्री महरा

भालुवाङ १५ जेठ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोखबहादुर महराले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कुनै राजनीतिक स्वार्थ नभई सामाजिक न्याय सहितको समृद्ध नेपाल निर्माणको सपना साकार पार्ने परिवर्तनकारी राजनीतिक शक्तिहरूको सामूहिक प्रयासको प्रतिफल भएको बताएका छन्।

१७ औं गणतन्त्र दिवसका अवसरमा मंगलबार राजधानीस्थल राप्ती उपत्यका देउखुरीमा प्रदेश सरकारले आयोजना गरेको गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले सामूहिक प्रयास र सहकार्यबाट राजनीति व्यवस्था परिवर्तन गर्न सम्भव भएको बताउँदै मुख्यमन्त्री महराले सङ्घीयता र गणतन्त्र सहितको संविधान निर्माणमा सफल भएको र संविधानको मर्म भावना अनुरुप अगाडी बढन जरुरी रहेको बताए। मुख्यमन्त्री महराले व्यवस्थामा हुने परिवर्तनले आम जनताको अवस्थामा परिवर्तन ल्याउन सकेन भने त्यसले राजनीतिक व्यवस्था परिवर्तनको अभिष्‍ट पूरा हुन नसक्ने बताए । उनले गणतन्त्रलाई संस्थागत गर्ने सन्दर्भमा देखिएका अस्पष्‍टताको फाइदा उठाउँदै व्यवस्थालाई नै असफल पार्न कोशिश भइरहेकोले सबैलाई गम्भीर हुन आग्रह गरे । मुख्यमन्त्री महराले त्यस्ता गलत प्रयासलाई असफल पार्न सचेत र सामूहिक प्रयास एवं परिवर्तनका मुद्दाहरूमा राष्‍ट्रिय सहमति र सहकार्य आवश्यक रहेको बताए । संघीय गणतन्त्रको खतरा होइन यसमा नयाँ आयम थप्दै जान नसके चुनौती थपिने बताए ।

मुख्यमन्त्री महराले नागरिक आवश्यकता र चाहनाको परिपूर्ति गर्दै मुलुकलाई आर्थिक(सामाजिक रूपमा सबल र समुन्‍नत राष्‍ट्र बनाई जनताको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने प्रयासले क्रमशः मूर्तरूप लिँदै गएको बताउँदै मुख्यमन्त्री प्रदेशवासीको हितको रक्षा गर्न प्रदेश सरकार दृढ रहेको बताए । उनले सुशासन र समृद्धिलाई केन्द्रमा राखी स्रोतमा प्रदेशका सबै नागरिकको पहुँच सुनिश्‍चित हुनेगरी स्रोतको परिचालनमा मितव्ययिता, पूर्वाधार निर्माणमा तीव्रता, सामाजिक विकासमा समानता एवं सेवा प्रवाहमा सरलता कायम राख्ने गरि आघमी बजेट ल्याउने तयारी भैरहेको बताए । संघको राजनीति परिवर्तनले प्रदेशमा पनि सत्ता फेरबदल भए पनि पुरानो सरकारले गरेका राम्रो कामलाई निरन्तरता दिने बताए ।

त्यस्तै मुख्यमन्त्री महराले पहिलो लक्ष्य राजधानीमा शुद्द खानेपानीको ब्यबस्थापन गरी जार र प्लाष्टिक बोत्तल बिहिन बनाउँदै प्रदेशका होटलमुखी कार्यक्रम बन्द गरी प्रदेश हलमा गर्ने वातावरणको निर्माण गर्न सम्बन्धी मन्त्रालयहरुलाई निर्देशन समेत दिए । कार्यक्रममा लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले लुम्बिनी प्रदेश बिवाद रहित प्रदेश भएकोले काम गर्न सहज भएको बताए । उनले अन्न्य प्रदेश मुद्दा मामिला भए पनि लुम्बिनी राजनीतिक सुझबुझका कारण मुद्दा ब्यहिर्नु परेको छैन । कर्मचारीले राष्ट्रसेवक अनुशासनका रुप काम गरेर गणतन्त्र सस्थागत गर्न सहज भएको बताए । सभामुख घर्तीले लुम्बिनीलाई कसरी आत्मनिर्भर बनाउने भन्नेतर्फ सबैले मनन गर्न जरुरी रहेको बताए । उनले लुम्बिनी प्रदेशलाई स्थान्त्रणसगै पूर्वाधार बन्ने क्रममा रहेको बताउदै राजधानीलाइ ब्यबस्थापन गर्नेगरी सघवाट अगामी बजेटको ब्यबस्थापन हुनेमा आफू ढुक्क रहेको बताए । सभामुख घर्तीले पनि होटलमा गर्ने कार्यक्रममा ठूलो रकम खर्च गर्नु उचित नभएको बताउँदै राजधानी भित्र कै हल उपयुक्त हुने बताए । साथै घर्तीले सभासदको क्रियाशिलता, सहभागीतामा प्रश्न्न गरे । उनले एनजीओ कार्यक्रम दौडधुप गर्ने प्रदेश सरकार गर्ने कार्यक्रम सहभागीता नहुने, पोशाकको समेत ध्यान नदिएकोमा आलोचना गरे ।

यस्तै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गणतन्त्रको उपलब्धी सघियता भएको बताए । उनले अहिले सघियताको काम छैन भन्ने स्वर उठेकोले संघीयतालाई कमजोर पर्ने गरी क्रियाकलाप भएको बताउँदै पूर्व मुख्यमन्त्री चौधरीले सघीयतालाई बलियो बनाउन सबै राजनीति दलको सामुहिक प्रयास र सहकार्य आबश्यक रहेको बताए । उनले अहिले पनि सघिय सरकारले सघियताको मर्म अनुसार प्रदेशलाई पूर्ण अधिकार नदिएको बताए । आफू सरकार भित्र नरहे पनि वर्तमान सरकारलाई गुण र दोषको आधारमा समर्थन गर्ने बताए । उनले राम्रो कामलाई समर्थन गर्ने र नराम्रो कामको बिरोध गर्ने बताए । साथै पूर्व मुख्यमन्त्री चौधरीले संघीयता गणतन्त्रलाई संस्थागत गर्ने लुम्बिनीका सबै दल एकै ठाउँमा उभिन जरुरी रहेको बताए।

त्यस्तै कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले गणतन्त्र केही सिमित ब्यक्तिका लागि आएको हो कि भन्ने प्रश्न गरे । उनले जहाँ आबश्यता छ, त्यहाँ विकास छैन । जहाँ आवश्यता छैन, त्यहा पहुँचको भरमा छरफस्ट विकास गर्ने कार्यले गणतन्त्र सिमित व्यक्तिका आएको अनुभूति भएको बताए । उनले भैतिक विकासले मात्र प्रदेश समृद्धि नहुँने भन्दै मानवीय बिकासको आबस्यक रहेको बताए । कार्यक्रममा प्रदेश सरकारका मन्त्री, सांसद, सुरक्षा निकायका प्रमुख, स्थानीय पालिकाका प्रमुख, कार्यालय प्रमुख र पत्रकार लगायतको सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे