क्रिकेट खेलबाट जितेको पुरुस्कारबाट अर्घाखाँचीका १३ घरका अग्नीपिडितलाई राहत प्रदान



क्रिकेट खेलबाट जितेको पुरुस्कारबाट अर्घाखाँचीका १३ घरका अग्नीपिडितलाई राहत प्रदान

अर्घाखाँची १४ जेष्ठ । अर्घाखाँचीका एक जना क्रिकेट खेलाडीले जितेको पुरुस्कारको पैसाबाट आफ्नो जिल्लाका १३ घरपरिवार अग्नीपिडितहरुलाई राहत प्रदान गरेका छन् । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वार्ड न १ निवासी एवं हाल दाङ जिल्ला लमहीमा ब्यापार ब्यबसाय गर्दै आउनुभएका केशव खनालले हालै आगोलागीबाट घरबार बिहिन भएका भुमिकास्थान नगरपालिका वार्ड न १ र ३ ढाकावाङ्ग धारापानीका अग्नी पिडितलाई आफ्नो १४ वर्षीय बालक छोरा सुबम खनालले कृकेट खेल खेलेर जितेको पुरस्करको पैसाबाट ढाकावाङ्ग धारापानीका अग्निपीडित घरपरिवार मध्ये अति बिपन्न १३ घरपरिवारलाई राहत स्वरुप १३ थान ग्यास चुलो बितरण गरेका हुन् ।

राहत बितरण कार्यक्रममा बोल्दै खनालले भने यतिबेला मानव सृजित प्राकृति क बिपत्तिको कारण आफू र आफ्नो जन्मस्थान अत्यन्तै दुखित भएको र त्यही दुखेको घाउमा मलम पुगोस भन्ने उदेश्यले आफूले आफ्नो बालक छोरा सुबम खनालले कृकेट खेलबाट विभिन्न बिदामा उत्कृष्ट भएको पुरस्कार स्वरुपको नगद बाट यी राहत सामाग्री बितरण गरेको बताए । राहत बितरण कार्यक्रममा भुमिकास्थान नगरपालिका वार्ड न १ का अध्यक्ष गोपालप्रसाद खनाल र वार्ड न ३ का अध्यक्ष कृष्णप्रसाद बन्जाडेले बालक सुवम खनालको उज्वल भविस्यको कामना गर्दै कशव खनाल लगायत उहाँको परिबार लाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे