जब गुरुकुलका विद्यार्थी एकाएक घोराही बजारको चोक-चोकमा ब्यापार गर्न आएपछि…



जब गुरुकुलका विद्यार्थी एकाएक घोराही बजारको चोक-चोकमा ब्यापार गर्न आएपछि…

घोराही ११ जेष्ठ । दाङको घोराही उप-महानगरपािलका वडा नं १५ मा रहेको गुरुकुल एकेडेमी बिद्यालयका बिद्यार्थीहरुले प्रयोगात्मक रुपमा घोराही बजारको बिभिन्न चोक-चोकमा छुट्टाछुट्टै ब्यबसाय गरेका छन् । सैदान्तिक शिक्षा मात्र नभएर ब्यबहारिक शिक्षाको पनि अनुभव गराउन स्कुलले बिद्यार्थीहरुलाई ब्यबसायमा खटाएको बिद्यालयले जनाएकाे छ ।

गुरुकुल एकेडेमी घोराहीका बिद्यार्थि बिभिन्न चोकमा ब्यापार गर्न ब्यस्त थिए । कुनै चोकमा पानीपुरी, कुनै ठाउँमा मकै, कुनैमा खरबुजा, कुनैमा लस्सीको ब्यापार गरेको देख्न सकिन्थ्यो । कसैले ग्राहक बोलाउन ब्यस्त थिए त कसैले हिसाव गरिरहेका थिए । त्यो कुनै बास्तविक ब्यबसाय नभएर घोराहीमा रहेको गुरुकुल एकेडेमीले पढाई संगै ब्यबहारिक शिक्षा दिने गरी प्रयोगात्मक कक्षाको ब्यबसाय थियो ।

वि.स. २०७२ सालबाट संचालनमा आएको गुरुकुल एकेडेमीले सुरुवातीबाट नै आफ्नो बिद्यार्थीहरुलाई यस्ता अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदै आएको छ । शिक्षामा पढाईले मात्र बास्तविक जीवनमा भोगिने कुराहरुलाई नसिकाउने भएकाले प्रयोगात्मक रुपमा यस्ता काम गरी ब्यबहारमा उतार्ने उद्धेश्यका साथ बजारका बिभिन्न ७ वटा चोकमा बिभिन्न ब्यबसाय गरिएको बिद्यार्थीहरुले बताएका छन् ।

कक्षा ११ ब्यबस्थापन संकायमा अध्यनरत बिद्यार्थीहरु यो कृयाकलापमा सहभागि भएका थिए । बिद्यार्थिले आफ्नै लगानीमा यो ब्यबसाय संचालन गरेका हुन् । जसबाट फाइदा आएको रकम कुनै सामाजिक कार्यमा लगाउने कक्षा ११ मा अध्ययणरत छात्रा बिनिता थापाले बताइन् ।  गुरुकुल एकेडेमीका बिद्यार्थीहरुले उत्पादन गरेका बिभिन्न प्रकारका खानेकुराहरु ग्राहकहरुले पनि उतिकै मन पराएका छन् ।

बिद्यार्थीहरुले बनाएको खाने कुरा खाँदै ग्राहक नेवबहादुर केसीले बिद्यार्थीहरुको कामको प्रशंसा समेत गरेका थिए । गुरुकुल एकेडेमीमा अध्यनरत बिद्यार्थीहरुको यो कृयाकलाप प्रति अभिभावकहरु पनि निकै उत्साहित हुदै आगामी दिनमा पनि यस्ता कृयाकलापलाई निरन्तरता दिनुपर्ने अभिभावक किरण रेग्मीले बताए । बिद्यार्थीको यो ब्यबसाय गर्ने कला र उनीहरुको काम प्रति बिद्यालय पनि निकै खुसी भएको छ ।

शिक्षा संगै ब्यबहारिक ज्ञान प्रदान गर्ने यो प्रयोगात्मक कक्षामा आफूहरु सफल भएको र जुन उद्धेश्य लिएर काम गरिएको थियो त्यो पुरा भएको बिद्यालयका शिक्षक तथा प्लस टु विज्ञान संयोजक अजय शाहले बताए । पढाईपछि भबिष्यमा सबै बिद्यार्थीहरु केही न केही पेशामा लाग्ने भएको हुँदा र कुनै बिद्यार्थीहरु ब्यापारमा पनि लाग्ने भएको हुँदा ब्यापारमा नाफा घाटा कसरी हुन्छ र लगानी कसरी गर्ने र कसरी सफलता प्राप्त गर्ने भन्ने कुरालाई प्रत्यक्ष रुपमा जानकारी मिलोस भनेर  यो ब्यबसायको प्रयोगात्मक शिक्षा दिइएको बिद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेले बताए ।

सैदान्तिक शिक्षा संगै ब्यबहारिक शिक्षाको आबश्यकता रहेको भन्दै आगामी दिनमा पनि यस्ता कृयाकलापलाई निरन्तरता दिने उनको भनाई छ । विद्यार्थीहरुले पनि यो कार्यबाट निकै अनुभव बटुलेका छन् । विद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसी, शिक्षकहरु विबेक देबकोटा, भुगोल कवरमगर,  अजय शाह र राजन अधिकारी लगायतको निगरानीमा कार्यक्रम सम्पन्न भएको थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे