LISTEN LIVE RADIO

देउखुरीको तरुलियामा ३ घर जलेर नष्ट, १ जनाको मृत्यु



देउखुरीको तरुलियामा ३ घर जलेर नष्ट, १ जनाको मृत्यु

लमही ६ वैशाख । लमही नगरपालिका -९ तरुलियामा आगलागी हुँदा १ जनाको मृत्यु भएको छ । भने ३ वटा घर जलेर नष्ट भएका छन् । मृत्यु हुनेमा लमही नगरपालिका -९ तरुलिया निवासी ८७ वर्षिय वीर बहादुर बोटे रहेका छन् ।

बोटेको घर भित्र रहेका अत्यावश्यक कागजात लिन गएका बेला आगोको चपेटामा परेका उनका नाति राजेन्द्र बोटेले बताए । मृतक वीरबहादुर बोटेको गोठबाट सल्किएको आगोले उनको एक घर हुँदै उनका भतिजा पर्ने हुकुमबहादुर बोटेको एक घर गरि दुई घर एक गोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लाल बहादुर श्रेष्ठले जानकारी दिए । आज अपरान्ह ३ बजेको समयमा एक्कासी आगलागी भएको थियो । आगलागीबाट तीन वटा घर गोठ जलेर नष्ट भएका छन । घर भित्र रहेको कुनै सामान निकाल्न नपाएको पिडितहरुको गुनासो छ ।

आगलागी भए लगत्तै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी, वडा नम्बर ९ का वडा अध्यक्ष भेष बहादुर केसी, वडा नम्बर ५ का वडा सदस्य केशव अधिकारी घटनास्थल पुग्नु भएको थियो । लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे