LISTEN LIVE RADIO

लुम्बिनीमा सत्तागठबन्धनलाई नागरिक उन्मुक्तकाे पनि समर्थन



लुम्बिनीमा सत्तागठबन्धनलाई नागरिक उन्मुक्तकाे पनि समर्थन

भालुवाङ २३ चैत । लुम्बिनीमा सत्तागठबन्धन दललाई नागरिक उन्मुक्तले पनि समर्थन जनाएको छ । आज शुक्रबार प्रदेश प्रमुख अमिक शेरचन समक्ष सरकारमा सहभागी हुने र समर्थन गर्ने निर्णयका साथ समर्थन-पत्र बुझाएका छन् ।

नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता धर्मबहादुर चौधरी, राजकुमार चौधरी, निर्मलादेवी चौधरी र नरमाया ढकाल सहित ४ जनाले समुहिक हस्ताक्षर सहित मुख्यमन्त्री जोखबहादुर महरालाई समर्थन गरी हस्ताक्षर पत्र बुझाएका हुन् ।

दुई मन्त्रालयको मागदाबी रहेको नागरिक उन्मुक्ति पार्टी मन्त्रालयको भागबण्डा नमिले पछि समर्थन गर्ने पक्षमा थिएन तर आज एकाएक गठबन्धन दलसगँ कुनै पनि छलफल नगरी एकल रुपमा समर्थन पत्र लिएर प्रदेश प्रमुख समक्ष पुगेकाे थियाे।

साभार : बुटवल टुडे

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे