LISTEN LIVE RADIO

गढवा १ जुराैनीमा बस दुर्घटना : ३ यात्रु घाइते



गढवा १ जुराैनीमा बस दुर्घटना : ३ यात्रु घाइते

भालुवाङ २९ फागुन । दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ जुराैनीमा रात्रीबस दुर्घटनामा परेको छ ।

तुलसीपुरबाट काठमाडौं जाँदै गरेको प्रदेश ३-०१-००६ ख. ०९७४ नं. को रात्री बस ९:४० बजेको समयमा दुर्घटनामा परेको हाे । दुर्घटनामा परि बसमा सवार तुलसीपुर १९ बस्ने बर्ष २१ की आश्ता पौडेल, सोही ठाउँ बस्ने बर्ष २२ को बाबुराम लामीछानेको र लमही नगरपालिका ५ बस्ने बर्ष ४८ की बबिता शाही घाइते भएका छन् ।

घाइते सवैलाई मध्यम चोट लागेको र उपचारका लागि राप्ती पोलिक्लिक भालुवाङ पठाइएको इलाका प्रहरी कार्यालय गढवाकी प्रहरी निरिक्षक नवीन वलीले जानकारी दिएकी छिन् । बसको टाईरेटगोली फुत्किएर बस अनियन्त्रित भई सडक भन्दा अन्दाजी ५ मिटर दायाँ रहेको सालको रुखमा ठोकिन गई दुर्घटना भएको प्रहरी निरिक्षक वलीले जानकारी दिएकी छिन् ।बसमा अन्दाजी ४० जना यात्रु सवार रहेका थिए । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे