LISTEN LIVE RADIO

राप्ती गाउँपालिकाले फागुन २५ गते अन्तराष्ट्रिय नारी दिवस मनाउने



राप्ती गाउँपालिकाले फागुन २५ गते अन्तराष्ट्रिय नारी दिवस मनाउने

भालुवाङ २२ फागुन । दाङको राप्ती गाउँपालिकाले फागुन २५ गते विभिन्न प्रतियोगितात्मक कार्यक्रम गरि ११४ औँ अन्तराष्ट्रिय नारी दिवस मनाउने भएको छ ।

उपाध्यक्ष कमलापति चाैधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सोमबार राप्ती गाउँपालिकामा बसेको बैठकले नारी दिवस मनाउने निर्णय गरेको हो ।

महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी भन्ने नाराका साथ दुर्गा भवानी आधारभुत विद्यालय मसुरीयाको प्राङ्गणमा दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा झाँकी प्रदर्शन, सामुहिक लोक नृत्य प्रतियोगिता र घैंटा फोड प्रतियोगिता आयोजना गरिएको छ । जस अनुसार झाँकी प्रदर्शनमा प्रथम पुरस्कार १५ हजार, दोस्रो पुरस्कार १० हजार,
तेस्रो पुरस्कार ७ हजार ५ सय र सान्त्वना पुरस्कार ५ हजार रहेको छ ।

त्यसै गरि सामूहिक लोक नृत्यमा प्रथम पुरस्कार १० हजार, दोस्रो पुरस्कार ७ हजार ५ सय, तेस्रो पुरस्कार ५ हजार र सान्त्वनापुरस्कार ३ हजार रहेको छ भने बेलुन फुटाउने प्रतियोगितामा प्रथम पुरस्कार ४ हजार, दोस्रो पुरस्कार ३ हजार, तेस्रो पुरस्कार २ हजार र सान्त्वना पुरस्कार १ हजार रहेको आयोजकले जानकारी दिएको छ । कार्यक्रम राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली, शारदा भण्डारी, लता न्यौपाने, श्यामा राउत, लक्ष्मी पोख्रेल लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे