LISTEN LIVE RADIO

दाङमा १ सय वर्षिय वृद्धाले निलसागरमा मनाए जन्म दिन



दाङमा १ सय वर्षिय वृद्धाले निलसागरमा मनाए जन्म दिन

भालुवाङ २० फागुन । दाङमा १ सय वर्षिय एक वृद्धले आफ्नो जन्मदिन निलसागर सेवा आश्रममा मनाएका छन् ।राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टी निवासी तुकमान गिरीले आइतवार आफ्नो स–परिवार सहित सोही गाउँपालिकाको वडा नम्बर ८ पिपरीमा रहेको आश्रममा पुगेर सडक आश्रित मानवहरुलाई मिष्ठान्न परिकार बनाएर खुवाएका छन् । जन्म दिनमा गरिने फजुल खर्च कटाएर गिरीले परिवार सहित निलसागरमा पुगेर सडक आश्रित बुवाआमाहरु सँग आर्शिवाद लिएर मिष्ठान्न परिकार खुवाएर आफ्नो जन्म दिन समाजसेवामा मनाएका हुन् ।जताततै जन्म उत्सव केक काटेर फजुल खर्च गर्दै मनाएका बेला गिरीले आफ्नो जन्मदिन आश्रममा मनाएको गिरीकी नातिनी मुना गिरीले बताइन् । आश्रममा आइ मिष्ठान्न भोजन गराएको भन्दै आश्रमका केन्द्रिय अध्यक्ष सरिता खनाल र आश्रम दाङका कार्यवाहक अध्यक्ष गरिवु चौधरीले धन्यवाद तथा आभार ब्यक्त गरेका थिए । आश्रममा जन्म दिन मनाउन गिरीका छोरा बुहारी ऋषिराम गिरी, छवा गिरी, छोरी निता गिरी, नातीहरु कमल पहारी, मनिष गिरी, नातिनीहरु म्मता गिरी, मुना गिरी(केसी) र पनातिनी विपाश्ना केसी आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे