LISTEN LIVE RADIO

नागरिक समाज दाङको छैठौँ अधिवेशन, संयोजकमा : नीमबहादुर थापा



नागरिक समाज दाङको छैठौँ अधिवेशन, संयोजकमा : नीमबहादुर थापा

दाङ १९ फागुन । नागरिक समाज दाङको संयोजकमा नीमबहादुर थापा निर्वाचित भएका छन् । समाजका संयोजक केबी मसालको अध्यक्षता तथा पूर्व संयोजक टीकाराम रेग्मीको प्रमुख आतिथ्यमा आज घोराहीमा सम्पन्न छैठौँ अधिवेशनले थापाको संयोजकत्वमा आगामी तीन वर्षे कार्यकालका लागि उपसंयोजक र एक जना सदस्य कार्यसमितिको सिफारिसमा पछि तोक्ने गरी १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरिएको हो ।जसको सचिवमा नारायणप्रसाद श्रेष्ठ, कोषाध्यक्षमा बसन्तराज भट्टलाई चयन गरिएको छ । उपसंयोजक पदमा कार्यसमितिको सिफारिसमा चयन गरिने भएको छ । यसैगरी, सदस्यहरुमा हरिप्रसाद पाण्डेय, नारायण शर्मा, दामोदर भण्डारी, नवराज श्रेष्ठ, निर्मला गौतम, शरद गौतम, लक्ष्मी आचार्य, हरिप्रसाद रिजाल, दधिराम खनाल र खगेश्वर पोख्रेल चयन भएका छन् । सो अवसरमा रेग्मीले हिजोका दिनदेखि नागरिकको आवाज उठाउने काम गर्दै आएको नागरिक समाजले आफ्ना जिम्मेवारीबाट बाहिर उम्कन नमिल्ने बताए । मुलुकको राजनीतिक परिवर्तनमा बलियो उपस्थिती जनाएको नागरिक समाजको भूमिका आजको दिनमा पनि नागरिकका पक्षमा मुखरित हुनुपर्नेमा जोड दिए ।

समाजका लागि आवश्यक संस्थाका रुपमा स्थापित नागरिक समाजलाई सबैले अपनत्व हुने गरी अघि बढ्न र जिम्मेवार निकायका रुपमा काम गर्न आग्रह गरे। नागरिकको जनजीविकाका पक्षमा राज्यका निकायसम्म आवाज पुर्याउने काममा नागरिक समाजले खेल्दै आएको भुमिकालाई अझ सशक्त बनाउनुपर्ने उनको भनाई थियो । अधिवेशनमा सचिव नारायणप्रसाद श्रेष्ठको सांगठनिक र कोषाध्यक्ष हरिलाल विश्वकर्माले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको थियो ।

कार्यक्रममा नागरिक समाजका पूर्व संयोजक चन्द्रराज पन्त, नेपाल पत्रकार महासंघ दाङ शाखा पूर्व अध्यक्ष प्रताप रेग्मी, वर्तमान अध्यक्ष दुर्गालाल केसी, नागरिक समाजकी पूर्व सचिव लक्ष्मी आचार्य, राप्ती साहित्य परिषदका पूर्व केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनाल, वर्तमान केन्द्रीय अध्यक्ष डा. टीकाराम उदासी, लेखक संघका अध्यक्ष खगराज न्याैपाने, घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका वरिष्ठ उपाध्यक्ष भरतमणि पाण्डे, समाज कल्याण केन्द्रकी अध्यक्ष निर्मला गौतम, मानव अधिकार सञ्जालका अध्यक्ष केशवकुमार शर्मालगायत बोलेका थिए । उपसंयोजक नीमबहादुर थापाको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण समाजका सदस्य हरिप्रसाद पाण्डेयले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे