शिवसवरी धाम पहरूवामा लाख बत्ती कार्यक्रमकाे कानुनमन्त्री केसीद्वारा उद्घाटन



शिवसवरी धाम पहरूवामा लाख बत्ती कार्यक्रमकाे कानुनमन्त्री केसीद्वारा उद्घाटन

देउखुरी टुडेकर्मी, सिसहनियाँ २८ मंसिर ।

देउखुरीको शिबसवरीधाम पहरूवामा लाख बत्ती कार्यक्रमको उद्घाटन गरिएको छ । लाख बत्ती कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले गरेका थिए ।

शिवसवरी धामकी अध्यक्ष शिवलक्ष्मी चौधरीको अध्यक्षतामा भएको लाखबत्ती उद्घाटन समारोहमा बोल्दै कानुनमन्त्री केसीले लुम्बिनी प्रदेशको स्थायी राजधानी भित्रको मन्दिर रहेकोले यसको विकासका लागि मास्टर प्लानमा राखेर अगाडि बढाइने बताए । उनले यो मन्दिरको विकासको जिम्मेवार पनि प्रदेश सरकारको रहेको भन्दै मन्त्री केसीले यसको धार्मिक, सांस्कृतिक विकासका लागि पनि प्रदेश सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रम व्यवस्थापन समितीकी सदस्य रेखा बस्नेतको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा राप्ती गाउँपालिका वार्ड नम्बर ७ की सदस्य शान्ति चौधरी, पत्रकार सन्तोषकुमार गुप्ता, मन्दिरकी सदस्य बिष्णु पाण्डे लगायतका बक्ताले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन थारू गायक राजेन्द्र चौधरीले गरेका थिए ।

लाखबत्ती कार्यक्रममा ८५ लाख बत्ती बाल्ने कार्यक्रम तय भएपनि भक्तजनहरुको मागलाई मध्यनजर गदै आज एक करोड बत्ती बालिने कार्यक्रम रहेको शिवसवरी धामकी अध्यक्ष शिवलक्ष्मी चौधरीले जानकारी दिइन् । पुस १ गते सम्म सञ्चालन हुने कार्यक्रममा कार्यक्रम अबधिभर भण्डाराको व्यवस्था गरिएको छ भने प्रत्येक दिन साँझा भजनकृर्तिन समेत गरिने कार्यक्रम व्यवस्थापन समितीकी सदस्य धना चौधरीले जानकारी दिइकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे