योजनाको काम समयमै सम्पन्न गर्न प्रतिनिधिसभा सदस्य चौधरीको आग्रह



योजनाको काम समयमै सम्पन्न गर्न प्रतिनिधिसभा सदस्य चौधरीको आग्रह

देउखुरी २८ मंसिर । दाङ्ग क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले निर्वाचन क्षेत्र पूर्वधार विकास कार्यक्रम अन्तरगत दाङ क्षेत्र नं। १ मा परेका योजनाहरु समयमै सम्पन्न गर्न उपभोक्ताहरुलाई आग्रह गरेका छन । साथै कुन ठाउँमामा के कस्ता योजना परेका छन भन्ने बारेमा पनि उपभोक्ता समितिलाई जानकारी गराए ।

शनिवार लमहीमा नेता चौधरीको सचिवालयले आयोजना गरेको कार्यक्रमलाई समबोधन गर्दै निर्वाचन क्षेत्र पूर्वधार विकास अन्तरगत दाङ क्षेत्र नं। १ मा परेका योजनाहरुको बारे सांसद विकास कोषबाट विनियोजित बजेट र योजनाको नाम सहित विभिन्न उपभोक्त समितिलाई पत्र वितरण गरे । आफ्नो कार्यकालमा यस निर्वाचन क्षेत्रमा सके जति विकास गर्ने समेत प्रतिबद्दता व्यक्त गरे। नेता चौधरीले दाङका सम्पूर्ण नाकामा बिजुली पु¥याउन टेण्डर भएको जानकारी दिदै, प्रत्येक जनताको घर–घरमा बिजुली पु¥याउने, पुल र बाटो निर्माणको काम पहिलो प्राथमिकतामा राखेको बताए ।

यस्तै घोराहीको धारपानी देखि लमहीको टेङ्नैया जोड्नको लागि पुन पचाँस लाख बजेट विनियोजित गरि एक करोड बजेटमा तिनवर्ष भित्र उक्त सडकलाई कालोपत्रे हुने जानकारी दिए । कार्यक्रममा विशिष्ट अतिथि प्रतिनिधिसभा सदस्य गंगा थारुले विकासको निम्ति यो वा त्यो दल नभनी एक साथ् लाग्नू पर्ने बताईन । विकासमा स्थानीयले पनि दतारूकता देखाउन आवश्यक छ, सदस्य थारुले भनिन ।

सचिवालय सदस्य सुरामणी बेल्वासेको अध्यक्षता एवं प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य मेटमणी चौधरीको प्रमुख अतिथिमा सम्पन्न भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लमही नगर कमिटिका इञ्चार्ज अमर कुवँर ९नवीन० नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य मधु न्यौपाने, लमही नगर विकास समितिका पूर्व अध्यक्ष धनश्याम सुवेदी, लमही आँखा अस्पताल समितिका अध्यक्ष रेशम बहादुर खड्का लगायतले बोलेका थिए । सचिवालय सदस्य सुरामणी बेल्वासे कार्यक्रमको बारेमा जानकारी दिएका थिए भने कार्यक्रमको सहिजिकरण सचिवाले सदस्य मिना गुरुङ्ले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे