LISTEN LIVE RADIO

दाङमा बसले ठक्कर दिदा विद्यालयबाट घर फर्कदै गरेका बालकको मृत्यु



दाङमा बसले ठक्कर दिदा विद्यालयबाट घर फर्कदै गरेका बालकको मृत्यु

दाङ  १६ पुस ।  दाङमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । घोराही-तुलसीपुर सडकखण्ड अन्तगर्त तुलसीपुर-१८ दुधरासमा बसको ठक्करबाट तुलसीपुर १७ झिङगैका ७ वर्षका सागर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तुलसीपुर-१८ जनकल्यान माद्यामिक विद्यालयबाट घर फर्कदै गर्दा घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको गरेको भे १ ख ३६९७ नम्बरको बसले ठक्कर दिँदा बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिएका छन् । घटनाको विषयमा थप अनुसन्धान भएरहेको मल्लले जानकारी दिए । घटनापछि मृतक बालकका आफन्तले सडक अवरुद्ध पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे